• ८ भाद्र २०८१, शनिबार
  •      Sat Aug 24 2024
  •   Unicode
Logo
Latest
★   केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन नेकपा एसको केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाइयो ★   विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः मन्त्री भट्टराई ★   कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने ★   मोटरसाइकल दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन ★   विष्णु माझीको तीज गीत ‘आइनँ आमा…’ सार्वजनिक ★   कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने ★   बस दुर्घटना : मृतकका शवको परीक्षण सुरु ★   अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमान् नरेश अदालतमा पेश, मागे दोभासे ★   तिब्बतको काम्दोमा प्रथम नेपाली वस्तु मेला ★   तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने

सुकुम्बासीलाई राहतस्वरुप रकम दिएर भएपनि नदी किनार खाली गर्न सर्वोच्चको आदेश



तिनकुने सुकुम्बासी बस्ति

काठमाडौं । सुकुम्बासीलाई रकम दिएरै भएपनि काठमाडौंको नदी किनार खाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले काठमाडौंभित्र नदी किनारमा सरकारी जग्गा ओगटेर बसेका सुकुम्बासीलाई राहतस्वरुप नगदै दिएर भएपनि अतिक्रमण हटाउन आदेश दिएको हो ।

इजलासले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी इचङ्गुनारायणमा बनाइएको आवासमा स्थानान्तरण गर्न आदेश दिएको छ । इचङ्गुनारायणको आवासमा नपुगे आवश्यक संख्यामा अन्यत्र आवास निर्माण गर्न र ती स्थानहरुमा जान नचाहने तत्काल वैकल्पिक व्यवस्था नभएका वास्तविक सुकुम्बासीहरुको हकमा स्थानान्तरणको सहजिकरणका लागि तत्काल राहतको रुपमा नगद प्रदान गरी अतिक्रमण हटाउन भनिएको छ ।