१८ भाद्र २०८३, बिहीबार
,
Latest
नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीमा बेपत्ता बालकको शव फेला



अ+ अ-

रौतहट । रौतहटस्थित वाग्मती नदीमा बेपत्ता बालकको शव आज प्रहरीले फेला पारेको छ । सोमबार वाग्मती नदीमा डुबेका तीन बालकमध्ये दुईको उद्धार गरिएको थियो । एक बेपत्ता थिए ।

गढिमाइ नगरपालिका–३ लक्ष्मीपुर बस्ने हकुदिन कवाडीको छोरा अन्दाजी वर्ष १० को सफर कवाडीको शव गढीमाई नगरपालिका–७ धर्मपुरस्थित बेपत्ता भएको स्थानबाट तीन किमी दक्षिण नदी किनारमा फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिनुभयो ।

पानीमा डुबेका अन्य दुई बालकहरु १३ वर्षीय सैदुला कवाड़ी र आठ वर्षीय हसर कवाड़ीको सकुसल उद्धार गरिएको हुमागाईं बताउनुभयो । पानीमा डुबेका सैदुला कवाड़ीको उपचार रोमा अस्पताल गरुडामा भइरहेको र अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

बेपत्ता बालकको खोजीमा सशस्त्र प्रहरी रौतहटका प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा नेपाली सेना र नेपाल प्रहरी गरी ३० जनाको टोली खटिएको थियो । रासस