१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

तिहारमा फूलको कारोबार कम भएपछि व्यवसायी चिन्तित

तिहारमा फूलको कारोबार कम भएपछि व्यवसायी चिन्तित
अ अ+ अ-

काठमाडौँ : फूल कृषक तथा व्यवसायीले यस वर्षको दिपावलीमा फूलको उचित मूल्य पाउन नसकेको भनी गुनासो गरेका छन् । रङ्गीचङ्गी बत्ती र फूलैफूलको उत्सवका रुपमा परिचित तिहारका अवसरमा अत्यधिक प्रयोग हुने सयपत्री फूलले यस वर्ष बजार नपाउँदा किसान तथा व्यवसायी निरास भएका हुन् ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले देश बाहिरबाट वैध तथा अवैधरूपमा ठूलो परिणाममा फूल आयात भइदिँदा, विश्व आर्थिक मन्दीको प्रभाव सर्वत्र पर्दा र काठमाडौँ महानगरपालिकाले चार ठाउँबाट मात्र फूल बेच्न पाउने निर्णय गर्दा यसपटक तिहारमा नेपाली फूलको कारोबारमा कमी आएको बताउनुभयो । आर्थिक मन्दीका कारण काठमाडौँ उपत्यकाका सटर, पसलकवल उल्लेखनीय सङ्ख्यामा खाली भएको, सञ्चालनमा आएका पनि यसअघिका तिहारमा जस्तो झकीझकाउ नदेखिएको र संस्कृतिसँग जोडिएको फूल व्यवसायको कारोबार निश्चित ठाउँबाट मात्र गर्न पाउने स्थानीय सरकारको निणर्यका कारण फूल कृषक तथा व्यवसायी मारमा परेका फ्लोरिकल्चर एशोसिएसनले स्पष्ट गरेको छ ।

यस वर्ष तिहारमा बढीमा पाँच लाख माला आयात भए पुग्ने भनी सम्बन्धित निकायको ध्यानाकर्षण गरेकामा त्योभन्दा ठूलो परिमाणमा भारतबाट आयात भएकाले नेपालमा उत्पादित फूलले बजार नपाएको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ । यसअघिका वर्षमा जस्तो काठमाडौँका प्रमुख चोक तथा मुख्य सडक आसपासमा फूलमाला किनबेच गर्न नपाउने कामपाको निर्णयका कारण पनि यस वर्षको तिहारमा फूल व्यवसायको कारोबार प्रभावित भएको व्यवसायीको गुनासो छ ।

भृकुटीमण्डपमा फूलमाला बिक्री गरिरहनुभएका धादिङको महादेवबेंसीका चन्द्रबहादुर थापा र काभ्रेपलाञ्चोकको पाँचखालकी पार्वती खरेलले वर्षाैंदेखि तिहारमा फूल कारोबारले परिवारको पालनपोषणका साथै तिहार खर्चको व्यवस्था गरिँदै आएकामा यस वर्ष फूलले उचित बजार नपाउँदा तिहार मान्ने अवस्था नरहेको बताउनुभयो । गाउँबाट रू सात सयका दरले ल्याएको फूल यहाँ रू तीन सयमा पनि बिक्री नभइदिँदा निरुत्साहित भएको उल्लेख गर्दै उहाँहरुले फूल व्यवसायीले अघिल्ला वर्षमा जस्तै काठमाडौँका प्रमुख सडक चोकमा यमपञ्चकभर व्यवसाय गर्न पाउनुपर्ने माग गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाले यस वर्ष फ्लोरिकल्चर एशोसिएसका प्रतिनिधि समेतको उपस्थितिमा भृकुटीमण्डप, बालाजु, कोटेश्वर–तीनकुने र हाँडीगाउँमा मात्रै फूल बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाएको छ । काठमाडौँ उपत्यकाको काँठ क्षेत्रसहित धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, गोरखा, उदयपुरलगायत जिल्लाबाट काठमाडौँ उपत्यकामा सयपत्री फूल बिक्रीका लागि ल्याइएको छ । रासस