• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा ★   कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो ★   कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा आज सर्वोच्चको आदेश कस्तो आउला ? ★   प्रतिनिधिसभा बैठक : के छ आजको सम्भावित कार्यसूची ? ★   श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण ★   कोशी, बागमती, गण्डकी र लुम्बिनीमा आज भिषण वर्षा ★   क्रोएसियासँग बराबरी खेल्दै इटाली नकआउट चरणमा, स्पेन समूह विजेता ★   देशभरका ४३ स्थानीय तहले ल्याउन सकेनन् बजेट ★   अपराजित रहँदै भारत सेमिफाइनलमा, अष्ट्रेलियालाई २४ रनले हरायो ★   टी–२० विश्वकपः भारतले अष्ट्रेलियालाई दियो २०६ रनको लक्ष्य

जाजरकोटका भूकम्प पीडितलाई भिसिएनको सहयोग-फोटो फिचर



काठमाडौं । जाजरकोटका भूकम्प पीडितलाई ईस्टिचिइ् नेपालको सहयोगमा भोलेन्टर क्रप्स नेपाल (भिसिएन) ले राहत सामग्री उपलब्ध गराएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति छ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा अकल्पनीय जनधनको क्षति हुन पुगेको थियो ।

भूकम्पमा एक सय पचासभन्दा बढीले अकालमा ज्यान गुमाउनुपरेको छ । भूकम्पबाट प्रारम्भिक तथ्याङ्कनुसार ३० हजार घर पूर्णरूपमा अथवा आंशिकरूपमा क्षति भएको र ३८ हजार परिवार प्रभावित भएको जनाइएको छ ।

भूकम्प पीडितलाई स्वच्छता किटसहित खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरिएको भिसिएनकी उपाध्यक्ष राधा मताङ्गीले जानकारी दिनुभयो । उहाँका अनुसार नलगाँड र भेरी नगरपालीका प्रभावित करिब १५० परिवारलाई राहत सामग्री उपलब्ध गराईएको छ ।

संस्थका सहकर्मी, स्वयंसेवक र सहयोगी हरूले आवश्यक सहयोग पुर्‍याउन अथक प्रयास गरिरहेको जनाउदै संस्थाले चिसो बाट नागरिकलाई जोगाउन धेरै काम गर्नुपर्ने जनाएको छ । स्थानीय निकाय , प्रशासन , सुरक्षानिकायसंग समन्वयमा उद्दार र राहत बितरण कार्यका सहकार्य गरेको जनाउदै संस्थाले सामूहिक दृष्टिकोणबाट मात्र उद्दार , राहत र पुननिर्माण हुन सक्ने जनाएको छ ।