१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् चाड तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

तिहारको अवसरमा शुभकामना दिँदै उहाँले तिहारले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता भ्रातृत्वको भावना अभिवृद्धिसँगै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

‘नेपालीहरूको एक महत्त्वपूर्ण र मौलिक चाडको रूपमा रहेको तिहार पर्वको अवसरमा काग, कुकुर, गाई र गोरु लगायत पशुपंक्षीको पूजा गरिनुका साथै धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा अर्चनाका साथै दीपावली गर्ने तथा दिदीबहिनीद्वारा दाजुभाइलाई सप्तरङ्गी टीका एवं सयपत्री र मखमली फूलको माला लगाई पूजा गर्ने परम्परा रहेको छ । यसरी तिहार पर्वले प्रकृति, मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मिय सम्बन्धलाई प्रगाढ बनाउँदछ ।’ पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘तिहारको अवसरमा टोल छिमेकका घरघरमा गएर देउसी भैलो खेल्ने, देउसे र भैलेनी टोलीलाई गच्छेअनुसारको दक्षिणा दिने र त्यसबापत टोलीद्वारा घरबेटीलाई सुख, शान्ति र समृद्धिको लागि शुभ आशिष् दिने अत्यन्त मौलिक र सुन्दर परम्परा समेत रहेको छ । देउसी भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल अभ्यासलाई हामीले जोगाउनु पर्दछ भने तिहारलाई जुवा तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने हामीले हटाउँदै जानु पर्दछ ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

‘पौराणिक, सांस्कृतिक र व्यवहारिक महत्त्व बोकेको तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौं । दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु ।’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ ।