२९ मंसिर २०८२, सोमबार
,
Latest
यस्ता छन् एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’ गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न च्याउखेतीमा किसानको आकर्षण बढ्दो वन्यजन्तु पीडितलाई राहत रकम वितरण युक्रेन शान्ति वार्तामा युरोपको समर्थन ‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’ एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

के विराटले आफ्नो जन्मदिनमा सचिनसँग बराबरी गर्न सक्छन् ? कोलकातामा तथ्याङ्कले के भन्छ ?



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ को ३७ औँ खेल आज भारत र दक्षिण अफ्रिकाबीच कोलकाताको इडेन गार्डेनमा हुँदैछ । यो खेलमा सबैको नजर विराट कोहलीमाथि हुनेछ । आज उनको जन्मदिन पनि हो । विराट ३५ वर्षका भइसकेका छन् ।

उनी एकदिवसीयमा सचिन तेन्दुलकरको ४९ शतकको रेकर्डबाट एक शतक मात्र टाढा छन् । यदि विराटले आफ्नो जन्मदिनमा यो कीर्तिमान बराबरी गरे भने यो फ्यानका लागि उपहारभन्दा कम हुनेछैन । विराटको नाममा अहिलेसम्म ४८ ओडीआई शतक छ ।

यो विश्वकपमा विराटको कीर्तिमान पनि उत्कृष्ट रहेको छ । उनले सात खेलका सात इनिङ्समा ८८.४० को औसतमा ४४२ रन बनाएका छन् । जसमा एक शतक र चार अर्धशतक समावेश छ ।

यसअघिका केही अवसरमा उनले शतक बनाउन गुमाएका थिए । तर, विराट यस खेलमा शतक बनाएर फ्यानहरूलाई खुसी हुने मौका दिन चाहन्छन् । विराटले अहिलेसम्म एकदिवसीय क्रिकेटका २८८ खेलका २७६ इनिङ्समा ५८.०५ को उत्कृष्ट औसतमा १३ हजार ५२५ रन बनाएका छन् । जसमध्ये ४८ शतक र ७० अर्धशतक रहेका छन् । १८३ रन उनको उत्कृष्ट स्कोर हो ।

दक्षिण अफ्रिकाविरुद्धको कीर्तिमान राम्रो भएकाले विराटको शतक बनाउने सम्भावना पनि उच्च छ । यस टोलीविरुद्ध ३० ओडीआईका २८ इनिङ्समा उनले ६१ को औसत र ८५.९२ को स्ट्राइक रेटमा १४०३ रन बनाएका छन् । जसमा चार शतक र आठ अर्धशतक समावेश छ ।

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीयमा विराटको उत्कृष्ट स्कोर १६० रन रहेको छ । तर, उनले इडेन गार्डेनमा यो टोलीविरुद्ध एकदिवसीय खेल खेलेका छैनन् । विराटको इडेन गार्डेनमा राम्रो कीर्तिमान छ र यो मैदानमा एकदिवसीय क्रिकेटमा भारतीय ब्याट्सम्यानहरूमध्ये कोहली तेस्रो सर्वाधिक स्कोरर हुन् । विराटले सात खेलको सात इनिङ्समा ४७.१४ को औसतमा ३३० रन बनाएका छन् । जसमा एक शतक र तीन अर्धशतक सामेल छन् ।

तीनवटै ढाँचामा विराटले इडेन गार्डेनमा १६ खेल खेलेका छन् । उनले १९ इनिङ्समा ४६.५८ को औसतमा ७९२ रन बनाएका छन् । जसमा तीन शतक र पाँच अर्धशतक समावेश छ । दक्षिण अफ्रिकाविरुद्धको भारतीय पिचमा विराटको कीर्तिमान पनि उत्कृष्ट छ ।

भारतमा यो टोलीविरुद्ध उनले नौ खेलको आठ इनिङ्समा ४१.७५ को औसतमा ३३४ रन बनाएका छन् । जसमा एक शतक र दुई अर्धशतक समावेश छ । यस्तो अवस्थामा विराटले आज शतक प्रहार गरेर फ्यानहरूलाई फेरि मौका दिने अपेक्षा गरिएको छ ।