७ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस् ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन कारोबारसँगै शेयरबजारमा गति



symbolic photo
अ+ अ-

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण देशभरको अन्य आर्थिक क्षेत्र प्रभावित बने पनि नेपालको शेयरबजारले भने कोभिडकै बीच ऐतिहासिक रेकर्ड बनाएको छ । कोरोना त्रास हालसम्म पनि जारी रहँदा १ वर्षमा नेपालको शेयरबजार २ हजार ७०० विन्दु माथि पुगेको छ । चैत ३१ गतेसम्मको अवस्थामा नेप्से परिसूचक २ हजार ७१४ दशमलव ७९ विन्दुमा पुगेको हो ।

शेयरबजारले गति लिनुअघि निरन्तर ३ वर्षभन्दा बढी समय बजार ओरालो लागेको थियो । २०७५ फागुन १९ गतेदेखि बजार बढ्न थालेको देखिन्छ । उक्त दिन बजार १ हजार १०० दशमलव ५८ विन्दुमा थियो । पछिल्लो १ वर्षको तथ्यांक हेर्ने हो भने नेप्से परिसूचक १ हजार ४६३ दशमलव ३४ अंक माथि पुगेको छ । गतवर्ष चैत ९ गते नेप्से परिसूचक १ हजार २५१ दशमलव ४५ विन्दुमा थियो । बन्दाबन्दीका बीच वैशाख ३० र ३१ गते खुलाइएको बजार दुवै दिन

नकारात्मक सर्किटको प्रभावमा परेपछि नियामक निकायले पुनः बन्द गरेको थियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ९८ दिन बजार बन्द गर्नुपरे पनि अनलाइन कारोबार प्रणाली अनिवार्य गरेसँगै बजारले गति लिएको हो । आर्थिकअयिभान समाचार छ ।




भर्खरै