२० भाद्र २०८३, शनिबार
,
Latest
माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिव गुटेरेस र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित सङ्घीय संसद सचिवालयमा रहेको राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

अध्यक्ष तिमिल्सिनासँगको भेट लगत्तै महासचिव गुटेरेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गर्नुभएको छ । उहाँहरुबीच गृहमन्त्रालयमा भेटवार्ता भएको हो ।

महासचिव गुटेरेसले आजै सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नुहुनेछ । चारदिने नेपाल भ्रमणमा रहनुभएका गुटेरेसले यसअघि उच्चस्तरीय भेटवार्ता र सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको अवलोकन भ्रमण गरिसक्नुभएको छ ।