७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण

उपल्लो डोल्पाको नाका चिसोका कारण खुल्न सकेन

उपल्लो डोल्पाको नाका चिसोका कारण खुल्न सकेन
फाईल फोटो
अ+ अ-

जाजरकोट । उपल्लो डोल्पामा भारी मात्रामा चिसो बढेका कारण छिमेकी मुलुक चिनतर्फ नाका खुल्ला गरिएपनि आवतजावत भने हुन सकेको छैन ।

आर्थिक गतिबिधिहरु चालु गरेर जनजीवन सहज तुल्याउन चिन र नेपालतर्फको सीमा नाँका खुल्ला गरिए पनि चिसोका कारण आवतजावत हुन नसकेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले जानकारी दिनुभयो । “चिसो बढ्नै लाग्दा नाका खोल्ने सहमति भएको थियो”, उहाँले भन्नुभयो, सदरमुकाम दुनै गएर सीमा पास गराइ उपल्लो डोल्पामा आउँदा आउँदै सीमा क्षेत्रमा हिउँ परेको थियो । अहिले हिउँ र चिसोका कारण आवतजावत गर्न नसक्दा खुल्ला गरिएको सीमा नाकाबाट कुनै पनि फाइदा लिन सकिएको छैन ।

सीमा क्षेत्र खुलाउन पहल गर्नुभएका उपल्लो डोल्पाका जनप्रतिनिधि तथा प्रदेशसभासदस्य वीरबहादुर शाहीले सीमा खुल्ला गरेपनि लाभ लिन नसक्दा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो र व्यापार केही नभएका कारण अहिले नाकामा कुनै गतिबिधि हुन सकेको छैन ।”

प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले तीनमहिने प्रगति विवरणमा सिमा खुलाउने विषयलाई समेटे पनि चिसोकै कारण समस्या आएको जानकारी दिँदै हामीले यता प्रक्रिया पूरा गर्दा गर्दै ढिलो भएकाले चिसो बाधक बनेर आएको बताउनुभयो । चौध नम्बरको क्याटो र १५ नम्बकरको मरिम्ला नाका चिनसँग जोडिएको छ ।

तिब्बतको सिँगाचे डोङबा काउन्टीसँग जोडिएको छ । पाँच वर्षदेखि कोरोनाका कारण खुल्न नसकेको नाका निकै लामो प्रयास पछि खुले पनि सदुपयोग हुन नसकेको हो । उपल्लो डोल्पामा खाद्यान्नलगायत सामग्रीहरु धुवानी गर्न गरिएको प्रयास चिसोका कारण फेरी रोकिएको छ । उपल्लो डोल्पामा तीन पालिका छन् । अब चिसोका कारण उपल्लो डोल्पावासीहरु तलतिर झर्ने समय सुरु भइसकेको छ । यहाँका विद्यालयहरु चिसोमा बन्द हुने गर्दछन् । अहिले अधिकांश सरकारी कर्मचारीसमेत उपल्लो डोल्पा पुगेका छैनन् । रासस