२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमान लगातार दोस्रो खेलमा विजयी



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत ओमानले लगातार दोस्रो जित निकालेको छ ।

समूह ‘ए’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो । ओमानले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४१ र मनप्रित सिंहले ३१ रन बनाए ।

बलिङतर्फ ओमानका बिलाल खान र फयज बटले समान २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले अकिब इल्यासको अर्धशतकीय इनिङ्समा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

अकिबले ३५ बलमा सर्वाधिक ६३ रन बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै, कप्तान जिसान मक्सुदले १६ बलमा २६ रन बनाए ।

सिंगापुरका लागि जनक प्रकाश, रमशे कालिमुथु र अनिश परमले समान दुई–दुई विकेट लिए । यसअघिको पहिलो खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित गरेको थियो । आजको जितसँगै ओमान सेमिफाइनल नजिक पुगेको छ ।

समूह ‘ए’ मा २ खेलबाट ४ अंकसहित ओमान शीर्ष स्थानमा रहेको छ ।