५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमान लगातार दोस्रो खेलमा विजयी



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत ओमानले लगातार दोस्रो जित निकालेको छ ।

समूह ‘ए’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो । ओमानले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४१ र मनप्रित सिंहले ३१ रन बनाए ।

बलिङतर्फ ओमानका बिलाल खान र फयज बटले समान २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले अकिब इल्यासको अर्धशतकीय इनिङ्समा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

अकिबले ३५ बलमा सर्वाधिक ६३ रन बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै, कप्तान जिसान मक्सुदले १६ बलमा २६ रन बनाए ।

सिंगापुरका लागि जनक प्रकाश, रमशे कालिमुथु र अनिश परमले समान दुई–दुई विकेट लिए । यसअघिको पहिलो खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित गरेको थियो । आजको जितसँगै ओमान सेमिफाइनल नजिक पुगेको छ ।

समूह ‘ए’ मा २ खेलबाट ४ अंकसहित ओमान शीर्ष स्थानमा रहेको छ ।