३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलसँगको सीमा विवादकाबीच हजारौँ परिवार लेबनानबाट पलायन



अ+ अ-

एजेन्सी । इजरायल—हमास द्वन्द्वसँगै हजारौँ परिवार दक्षिण लेबनानबाट पलायन भएका छन् ।

नगरपालिका र सुरक्षा एजेन्सीहरुको गरेको तथ्यांकअनुसार सीमा तनाव शुरु भएदेखि लेबनान—इजरायली सीमा नजिकका गाउँ र शहरहरुबाट ३० हजार भन्दा बढी मानिसहरु बिस्थापित भएका हुन् ।

नाबतीहमा रहेको लेबनानी रेडक्रस प्रकोपको व्यवस्थापन समितिका प्रमुख तलाल अल हलाबीले करिव १५ सय परिवार नाबातीह र टायरमा, ८ सय हासबाया क्षेत्रमा र ७ सय परिवार दक्षिणपूर्वी लेबनानको अन्य गाउँहरुबाट बिस्थापित भएको बताउनु भयो । उनीहरु विद्यालय र गेस्ट हाउसमा बिस्थापित भएको बताइएको छ ।

लेबनान र इजरायली सीमामा भएको आक्रमणले अहिलेसम्म लेबनानमा ४७ हिजबुल्लाह लडाकुसहित ५८ जनाको मृत्यु भएको छ ।