• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी ★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन

इजरायलसँगको सीमा विवादकाबीच हजारौँ परिवार लेबनानबाट पलायन



एजेन्सी । इजरायल—हमास द्वन्द्वसँगै हजारौँ परिवार दक्षिण लेबनानबाट पलायन भएका छन् ।

नगरपालिका र सुरक्षा एजेन्सीहरुको गरेको तथ्यांकअनुसार सीमा तनाव शुरु भएदेखि लेबनान—इजरायली सीमा नजिकका गाउँ र शहरहरुबाट ३० हजार भन्दा बढी मानिसहरु बिस्थापित भएका हुन् ।

नाबतीहमा रहेको लेबनानी रेडक्रस प्रकोपको व्यवस्थापन समितिका प्रमुख तलाल अल हलाबीले करिव १५ सय परिवार नाबातीह र टायरमा, ८ सय हासबाया क्षेत्रमा र ७ सय परिवार दक्षिणपूर्वी लेबनानको अन्य गाउँहरुबाट बिस्थापित भएको बताउनु भयो । उनीहरु विद्यालय र गेस्ट हाउसमा बिस्थापित भएको बताइएको छ ।

लेबनान र इजरायली सीमामा भएको आक्रमणले अहिलेसम्म लेबनानमा ४७ हिजबुल्लाह लडाकुसहित ५८ जनाको मृत्यु भएको छ ।