१५ भाद्र २०८३, सोमबार
,
Latest
पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिगलको मुद्दा न्यायाधीशत्रय खतिवडा, मल्ल र चुडालको इजलासमा



अ+ अ-

काठमाडौँ । गुण्डानाइके योगराज ढकाल उर्फ रिगलविरुद्धको रिट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासमा पेशी तोकिएको छ ।

जन्मकैदको फैसला सुनाइएका व्यक्तिलाई राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिईन् ।

यसअघि उक्त मुद्दामा गत असोज २५ गतेलाई पेशी तोकिएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू डा। आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्ने भएर रिक्युजल घोषणा गरेका थिए ।

इजलासबाटै सुनुवाइका लागि पेशी तोकिएको उक्त मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुनेछ ।