• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   प्रभु बैँक लि.र मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता ★   ‘पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्छ’ ★   ‘ओस्कार अवार्ड जित्ने अभिनय’ गरेका गुलबदिन नइबमाथि प्रतिबन्धको खतरा ? ★   राडीपाखी बुन्ने चलन हराउन थाल्यो ★   कारागार व्यवस्थापन विभागद्वारा कैदकट्टाका लागि ६२० जनाको नाम सिफारिस-नामावली सहित ★   दिल्ली अन्त: शुल्क मामिलामा सीबीआईद्वारा केजरीवाललाई अदालतबाट पक्राउ ★   मकवानपुरमा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी ★   दक्षिण अफ्रिकाको खराब कीर्तिमान भन्छ – अफगानिस्तान फाइनलमा पुग्नेछ ★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने ★   गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ: उपप्रधानमन्त्री लामिछाने

जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी



सांकेतिक तस्बिर

गुल्मी । जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएको छ । उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिता श्रीमान् वृषबहादुरले बताउनुभयो । रासस