७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

नेपाल पर्वतारोहण संघले कालापत्थरमा राष्ट्रिय झण्डा फहराउँदै

नेपाल पर्वतारोहण संघले कालापत्थरमा राष्ट्रिय झण्डा फहराउँदै
अ+ अ-

काठमाडौँ । नेपाल पर्वतारोहण संघले ५० औं स्थापना दिवसको अवसरमा सगरमाथाको आधारशिविर कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने भएको छ ।

संघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनले पार्ने असरका बारेमा विश्वलाई सन्देश दिने उद्देश्यले पर्वतारोहण संघले ५० औं स्थापना दिवसको अवसरमा सगरमाथाको आधारशिविर कालापत्थरमा राष्ट्रिय झण्डा फहराउन लागेको बताएको हो ।

संघका महासचिव मोहन लम्सालले सन् २००९को डिसेम्बर ४ मा मन्त्रीपरिषद्को बैठक आयोजना गरिएको स्थान सगरमाथा आधारशिविर नजिकै रहेको कालापत्थरमा राष्ट्रिय झण्डा फहराउन लागेको बताउनु भयो । उहाँले विश्वमा जलवायु परिवर्तनको सन्देश दिने उद्देश्यले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौं हुँदै कालापत्थरमा दीप प्रज्वलन गरी नेपालको राष्ट्रिय झण्डा फहराउन लागेको बताउनु भयो ।

उहाँले शान्ति दीपसहित कालापत्थरमा राष्ट्रिय झण्डा फहराउँदा जलवायु परिवर्तनले हिमालहरुमा पर्न गएको अवसर बारेमा सन्देश दिने अपेक्षा रहेको बताउनु भयो । उहाँले संघले ५० औं स्थापना दिवसका अवसरमा पासाङ ल्हामु शेर्पा महिला साहशिक पर्वतारोही पुरस्कार स्थापना गरी हेरक वर्ष साहसीक महिलालाई प्रदान गरिने बताउनु भयो । उहाँले पर्वतीय पर्यठनमा नेपाली महिलाहरुको उत्साहजनक सहभागितालाई थप प्रोत्साहन गर्ने साहशिक महिला आरोहीहरुलाई पुरस्कृत गर्न लागेको बताउनु भयो ।

त्यस्तै संघका अध्यक्ष निमा नुरु शेर्पाले नेपालको गौरव सगरमाथामा विश्व शान्तिको सन्देश जरुरी रहेकाले लुम्बीनीबाट शान्तिको दीप प्रज्ववलन गरी काठमाडौं हुँदै कालापत्थरमा दीप प्रज्ववलन गरी नेपालको राष्ट्रिय झण्डा फहराउने लागेको बताउनु भयो । उहाँले आधारशिविरमा नेपालको राष्ट्रिय झण्डा फहराउँदा पर्वतारोहीहरु सगरमाथा चढ्दा नेपालमा नै रहेको अनुभुति दिन सकिने बताउनु भयो । उहाँले हिमालको अगाडि नेपालको राष्ट्रिय झण्डा राख्दा नेपाल हिमालको लागि प्रसिद्ध हो भन्ने सन्देश जाने बताउनु भयो ।

संघले ५० औं स्थापना दिवसको अवसरमा एशियाली पर्वतारोहण महासंघको साधरणसभा काठमाडौंमा गर्ने भएको छ । एशिया महादेशमा रहेका अल्पाइन क्लवहरुको छाता संस्थाहरुको रुपमा रहेको महासंघको साधरण सभामा एशिया महादेशका १८ वटा अल्पाइन क्लवहरुका प्रतिनिधिहरु सहभागिता हुनेछ ।