७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

सन्दीपको कमब्याकमा उत्साहित छौँ: कप्तान पौडेल

सन्दीपको कमब्याकमा उत्साहित छौँ: कप्तान पौडेल
अ+ अ-

काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट भोली (सोमबार) देखी नेपालमा सुरु हुँदैछ । भोली नेपालले पहिलो म्याच सिंगापुरविरुद्ध खेल्दैछ । किर्तीपुरस्थित टियू मैदानमा हुन लागेको खेल बिहान नौ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताअघि आज पत्रकारसँगको अन्तरक्रियामा बोल्दै कप्तान रोहित पौडेलले सन्दीपको कमब्याकमा आफू उत्साहित रहेको बताएका छन् । उनले सन्दीप आएपछि टीममा ब्यालेन्स भएको बताए । उनले भने ‘उहाँ अनुभवी र राम्रो बलर हुनुहुन्छ । उहाँको उपस्थिति महत्वपूर्ण छ’।

रोहितले विगत ६-७ महिनादेखि नेपाली टीमले राम्रो खेलिरहेको बताए । उनले त्रिकोणात्मक सिरिजको फाइनलमा केही गल्तीका कारण हार्नुपरेको बताए । ‘हामीले सुरूको १० ओभरमा राम्रो ब्याटिङ गरिरहेका थियौं । तर, पछाडिको १० ओभरमा कोल्याप्स भयो । दिप्पीदाइ र मेरो विकेट महत्वपूर्ण थियो।’ उनले भने, ‘हामी लचक हुनुपर्छ । ओपनरहरू फिक्स्ड हुन्छ, अरु आवश्यकता अनुसार तलमाथि गर्न सकिन्छ ।’

कप्तान पौडेलले कुनै पनि टीमलाई कमजोररूपमा नलिइने र आफुहरुको तर्फबाट बेस्ट क्रिकेट खेल्ने बताए ।

यस्तै, नेपाली टीमका प्रशिक्षक मोन्टी देशाईले घरेलु मैदानमा हुन गइरहेको प्रतियोगितामा नेपालका लागि ठूलो अवसर भएको बताए । देसाईले विपक्षी टीमहरूलाई कमजोर लिन नहुने बताउदै भने,हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौं । सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ । हामी आफ्ना बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौं ।’

प्रशिक्षक देशाईले त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने र ‘वान गेम एट अ टाइम’ मन्त्रसहित अघि बढ्ने बताए । साथै उनले सन्दीपको उपस्थिती महत्वपूर्ण रहेको बताए । ‘सन्दीपलाई अलिकति ब्रेक चाहिएको थियो । अब ऊ नयाँ इनर्जीका साथ ड्रेसिङ रूममा फर्किएको छ । उसको उपस्थितिले धेरै फरक पर्नेछ’ उनले भने ।

नेपालको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’मा यूएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । समूह ‘ए’बाट नेपाल र ओमान तथा समूह ‘बी’बाट यूएई र हङकङ सेमिफाइनलका दावेदार हुन् । नेपाल उपाधिको दावेदारसमेत हो । फाइनलमा पुग्ने दुई टीमले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउनेछन् ।