३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको कमब्याकमा उत्साहित छौँ: कप्तान पौडेल



अ+ अ-

काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट भोली (सोमबार) देखी नेपालमा सुरु हुँदैछ । भोली नेपालले पहिलो म्याच सिंगापुरविरुद्ध खेल्दैछ । किर्तीपुरस्थित टियू मैदानमा हुन लागेको खेल बिहान नौ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताअघि आज पत्रकारसँगको अन्तरक्रियामा बोल्दै कप्तान रोहित पौडेलले सन्दीपको कमब्याकमा आफू उत्साहित रहेको बताएका छन् । उनले सन्दीप आएपछि टीममा ब्यालेन्स भएको बताए । उनले भने ‘उहाँ अनुभवी र राम्रो बलर हुनुहुन्छ । उहाँको उपस्थिति महत्वपूर्ण छ’।

रोहितले विगत ६-७ महिनादेखि नेपाली टीमले राम्रो खेलिरहेको बताए । उनले त्रिकोणात्मक सिरिजको फाइनलमा केही गल्तीका कारण हार्नुपरेको बताए । ‘हामीले सुरूको १० ओभरमा राम्रो ब्याटिङ गरिरहेका थियौं । तर, पछाडिको १० ओभरमा कोल्याप्स भयो । दिप्पीदाइ र मेरो विकेट महत्वपूर्ण थियो।’ उनले भने, ‘हामी लचक हुनुपर्छ । ओपनरहरू फिक्स्ड हुन्छ, अरु आवश्यकता अनुसार तलमाथि गर्न सकिन्छ ।’

कप्तान पौडेलले कुनै पनि टीमलाई कमजोररूपमा नलिइने र आफुहरुको तर्फबाट बेस्ट क्रिकेट खेल्ने बताए ।

यस्तै, नेपाली टीमका प्रशिक्षक मोन्टी देशाईले घरेलु मैदानमा हुन गइरहेको प्रतियोगितामा नेपालका लागि ठूलो अवसर भएको बताए । देसाईले विपक्षी टीमहरूलाई कमजोर लिन नहुने बताउदै भने,हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौं । सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ । हामी आफ्ना बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौं ।’

प्रशिक्षक देशाईले त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने र ‘वान गेम एट अ टाइम’ मन्त्रसहित अघि बढ्ने बताए । साथै उनले सन्दीपको उपस्थिती महत्वपूर्ण रहेको बताए । ‘सन्दीपलाई अलिकति ब्रेक चाहिएको थियो । अब ऊ नयाँ इनर्जीका साथ ड्रेसिङ रूममा फर्किएको छ । उसको उपस्थितिले धेरै फरक पर्नेछ’ उनले भने ।

नेपालको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’मा यूएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । समूह ‘ए’बाट नेपाल र ओमान तथा समूह ‘बी’बाट यूएई र हङकङ सेमिफाइनलका दावेदार हुन् । नेपाल उपाधिको दावेदारसमेत हो । फाइनलमा पुग्ने दुई टीमले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउनेछन् ।