• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुगेको इजिप्टको घोषणा



एजेन्सी । इजिप्टियन रेड क्रिसेन्ट सोसाइटीका कार्यकारी निर्देशक रामी अल–नाजरले शनिवार इजिप्टियन रेड क्रिसेन्टसँग सम्बन्धित ८४ ट्रक खाद्यान्न, मानवीय र चिकित्सा सहायता गाजा स्ट्रिपमा पुगेको घोषणा गर्नुभएको छ ।

उहाँले मानवीय सहायता पठाउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीको छेउमा रहेको जग्गामा के भइरहेको भन्नेबारे पत्ता लाग्न नसक्दा अझै त्यहाँको आवश्यकता पहिचान गर्न कठिन भइरहेको बताउनु भयो ।

मध्यपूर्व र उत्तर अफ्रिकाका लागि रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीजको अन्तर्राष्ट्रिय महासंघका क्षेत्रीय निर्देशक होसम एलशारकावीले गाजा पट्टीलाई आवश्यक सहायता पठाएर सहयोग गर्न विश्वलाई आह्वान गर्नुभयो । साथै इजिप्टियनवासीलाई सहायता पठाएकोमा धन्यवाद दिनुभयो ।

उहाँले मानवीय अभियानको निरन्तरताको लागि युद्धविराम सम्झौतामा पुग्न आह्वान गर्नुभयो ।