७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

बागलुङमा संस्थागत सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि

बागलुङमा संस्थागत सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि
तस्बिर:सानेबहादुर नेपाली/रासस
अ+ अ-

गलकोट । बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीमा रहेको बर्थिङ सेन्टरमा गत आर्थिक वर्ष ४० जना गर्भवतीले शिशु जन्माए ।

गलकोटको केन्द्रसँग जोडिएको नरेठाँटीमा अहिले उक्त बर्थिङ सेन्टर स्थापना भएपछि शून्य ‘होमडेलिभरी’ भएको तथ्याङ्क छ । संस्थागत सुत्केरी अभियानमा अहिले बागलुङमा धमाधम बर्थिङ सेन्टर स्थापना गर्ने र भइरहेका बर्थिङ सेन्टरको स्तरोन्नति गर्ने कार्य भइरहँदा जिल्लाभर संस्थागत सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

फेएरमेडको सहयोग र विवाइसी बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाले पाँच वर्षमा बागलुङका दुर्गम स्थानहरुमा १३ बर्थिङ सेन्टर स्थापना गर्न सहयोग गरेपछि संस्थागत सुत्केरीको सङ्ख्यामा वृद्धि भएको छ ।

परियोजनाले १३ बर्थिङ सेन्टर स्थापना गर्न र ४० बर्थिङ सेन्टर स्तरोन्नति गर्नमा सहयोग पु¥याएको ग्रामीण स्वास्थ्य सुधार परियोजनाका कार्यक्रम संयोजक गणेश बरुवालले जानकारी दिनुभयो । पाँच वर्षदेखि बागलुङमा क्रियाशील रहेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाले स्थानीय पालिकाको समन्वय र साझेदारीमा नयाँ बर्थिङ सेन्टर स्थापना गर्न, प्रयोगशाला स्थापना गर्न उपकरण र बर्थिङ सेन्टरको स्तरोन्नतिको काम गर्दै आएको बरुवालको भनाइ छ ।

“जिल्लामा हाल ६१ बर्थिङ सेन्टर रहेका छन्, जसमध्ये ५३ बर्थिङ सेन्टरमा हाम्रो सहयोग पुगेको छ, त्यसमध्ये १३ नयाँ बर्थिङ सेन्टर स्थापना गर्न, ४० बर्थिङ सेन्टर स्तरोन्नति र उपकरणमा सहयोग गरिएको छ, परियोजनाले पाँच वर्षमा दुर्गमका १६ स्वास्थ्य संस्थामा प्रयोगशाला स्थापना गरेको छ”, उहाँले भन्नुभयो, “हामीले दीर्घकालीन रुपमा बर्थिङ सेन्टर, प्रयोगशाला सञ्चालनका लागि स्थानीय निकायसँग साझेदारी गरेका छौँ, बर्थिङ सेन्टर स्थापना गर्न हामीले सहयोग गर्छौं, पालिकाले दरबन्दी अनुसारका स्वास्थ्यकर्मी खटाउने गरेको छ ।”

पाँच वर्षमा १३ बर्थिङ सेन्टर स्थापना गर्न रु दुई लाख बराबरको सहयोग परियोजनाले गरेको छ भने पालिकाले कर्मचारी व्यवस्थापन गरिरहेको छ । त्यसमध्ये परियोजनाले आवश्यक उपकरण, पालिकालाई भिडियो एक्स–रे, बर्थिङ सेन्टरलाई ‘बेबी वार्मर’ र ४६ बर्थिङ सेन्टरमा अत्यावश्यक रहेको शिशुको मुटुको धड्कन मापन गर्ने यन्त्र सहयोग गरेको बरुवालको भनाइ छ ।

परियोजनाले ३२ बर्थिङ सेन्टरको मर्मतसम्भार, फर्निचर सामग्री र शय्या सहयोग गरेको छ । आगामी दिनमा ६१ वटै बर्थिङ सेन्टरमा ग्रामीण स्वास्थ्य सुधार परियोजनाको पहुँच पु¥याएर बागलुङलाई शून्य होमडेलिभरी गराउने अभियान रहेको परियोजनाको साझेदार संस्था विवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले जानकारी दिनुभयो ।

परियोजनाले रु २० लाख लागतमा चार पालिकालाई गर्भवती परीक्षणका लागि मोबाइल भिडियो एक्स–रे उपकरणसमेत सहयोग गरेको छ । जिल्लाको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, काठेखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा भिडियो एक्स–रे उपकरण प्रदान गरिएको हो ।

यस्तै, परियोजनाले स्थानीय पालिकाको साझेदारीमा गाउँघर क्लिनिक तथा खोप क्लिनिक गरी जिल्लाभर १८ भवन निर्माण गरेको छ । रु तीन लाख स्थानीय पालिका र रु तीन लाख परियोजनाको गरी रु छ लाखका १८ वटा भवन निर्माण गर्दा ग्रामीण क्षेत्रमा स्वास्थ्य सुधारका लागि ठूलो सहयोग पुगेको छ । यसअघि गाउँघर क्लिनिक र खोप क्लिनिक नहुँदा व्यक्तिका घर तथा भाडाको घरबाट सेवा दिनुपर्ने बाध्यता रहेको थियो ।

सोह्र बर्थिङ सेन्टरमा प्रसूति प्रतीक्षालय कक्ष निर्माण, रु २८ लाख ६० हजार लागतमा २२ बर्थिङ सेन्टरमा बेबी वार्मर सहयोग गरिएको छ । दुर्गमको तमानखोला गाउँपालिकाको वडा नं ६ नर्जाखानी, वडा नं ७ को खुङ्खानीमा बर्थिङ सेन्टर स्थापनाका लागि सहयोग तथा बोङ्गादोभान, तमान र खुङ्खानीको स्वास्थ्य संस्थामा प्रयोगशाला स्थापनाका लागि सहयोग गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।

परियोजनाको सहयोगमा बागलुङको मल्म, सिगाना, दर्लिङ, गाडीखोला, सिसाखानी, नर्जाखानी, खुङखानी, लुकुरबन, रमुवा, हटिया, दुदिलाभाटी र नरेठाँटीमा पूर्ण बर्थिङ सेन्टर स्थापना गर्न सहयोग गरेको थियो भने पालिकाले जनशक्तिको व्यवस्थापन गरेको छ ।

बागलुङका अति दुर्गम क्षेत्रका गर्भवतीलाई लक्षित गरी बर्थिङ सेन्टर स्थापना गर्दा अकालमै गर्भवती र सुत्केरी तथा नवजात शिशुको मृत्यु हुने जोखिम न्यूनीकरण भएको छ । घरमै सुत्केरी हुँदा आइपर्ने समस्याबाट जोगाई आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चितता गर्ने उद्देश्यले दुर्गमका १३ स्थानमा पछिल्लो पाँच वर्षयता बर्थिङ सेन्टर स्थापना गरेर सेवा दिन थालिएको छ ।

दुर्गम गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा घरमै सुत्केरी हुने अथवा अस्पताल आउँदा आउँदै बाटोमै सुत्केरी हुने समस्यालाई दृष्टिगत गर्दै ग्रामीण स्वास्थ्य सुधार परियोजनामार्फत बर्थिङ सेन्टर स्थापना तथा उपकरण सहयोग गरिएको र यसलाई पालिकाले सञ्चालनमा ल्याउने गरेको छ । रासस