७ भाद्र २०८३, आईतवार
,
Latest
युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण दुर्घटनामा एक जनाको मृत्यु पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले युएईलाई दियो १६३ रनको लक्ष



कुशल भुर्तेल (तस्वीरः क्यान)
अ+ अ-

काठमाडौं । नेपाल, हङकङ र युएईबीचको त्रिकोणात्मक शृंखलाको उपाधिका लागि नेपालले यूएईलाई १६३ रनको लक्ष दिएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्ध शतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।

नेपालका लागि आसिफ सेखले ७, कुशल मल्लले १, रोहित पौडेलले १८, दीपेन्द्र सिंह ऐरीले २०, सन्दीप जोराले १०, गुल्सन झाले ५, सोमपाल कामीले १३ र करन केसीले २३ रन बनाएका थिए ।

युएईका लागि आयन अफजल खानले ३, अलि नासेर र जहूर खानले समान २,२ तथा जुनेद सिद्धिकीले १ विकेट लिएका थिए ।

अहिले युएईले ब्याटिङ सुरु गरेको छ । पहिलो ओभरमै युएईले १५ रन जोडेको छ ।