२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएलको अक्सन डिसेम्बरमा दुबईमा हुने



आइपिएल कप
अ+ अ-

चर्चित भारतीय क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपीएल) को लिलामी (अक्सन) आगामी डिसेम्बर १९ मा दुबईमा हुने भएको छ । भारत बाहिर अक्सन हुन लागेको यो पहिलो पटक हो ।

आइपीएलका क्लबहरुले नोभेम्बर १५ सम्ममा आफूले राख्न चाहेका र बिक्री गर्न वा छाड्न चाहेका खेलाडीको सूची सार्वजनिक गरिसक्नु पर्ने आइपीएलले जनाएको छ । यसपछि डिसेम्बरको सुरुतिर खेलाडीको अन्तिम सूची सार्वजनिक गरिने आइपीएलले जनाएको छ ।

आगामी सन् २०२४ को सिजनका लागि प्रत्येक टिमले खेलाडी किन्न १०० करोड भारतीय रुपैयाँ (करिब १ करोड २० लाख डलर) बराबर खर्च गर्न पाउने छन् । गत वर्षभन्दा यो पाँच करोड बढी हो ।
यो रकम हरेक टिमले अक्सनका दिन अनिवार्य रुपमा खर्च गर्नुपर्ने नियम छ । क्लबहरुले अघिल्लो बर्ष खर्च नभएको रकम समेत यस पटक जोड्न पाउने छन् ।

हाल पञ्जाब टिमसँग सबैभन्दा बढी रकम छ । यससँग १२ करोड भारु छ जबकी मुम्बई इन्डियन्ससँग ५ लाख मात्र छ ।

आइपीएलमा पञ्जाब, मुम्बई सहित सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, डेल्ही क्यापिटल्स, लखनऊ सुपर जाइन्टस्, मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, चेन्नाई सुपर किंग्स रहेका छन् ।

गत सिजनमा पञ्जाबमा आबद्ध साम करन सर्वाधिक महंगा खेलाडी थिए । क्लबले उनलाई १८.५ करोड भारुमा खरिद गरेको थियो ।

आगामी सिजनमा पनि धेरै विदेशी खेलाडीले आइपीएल खेल्ने सम्भावना छ । एएनआई न्यूज एजेन्सीका अनुसार अस्ट्रेलियाका तिब्र गतिका बलर मिचेल स्टार्क, प्याट कमिन्स, ट्राभिस हेड, क्रिस वोक्स, अलेक्स हेल्स, साम बिलिङ्स, गेराल्ड कोजी सूचीमा रहने छन् ।

हाल भारतमै जारी विश्वकपमा खेलाडीले गर्ने प्रदर्शनले पनि आइपीएलमा प्रभाव पार्नेछ ।