२१ श्रावण २०८३, बिहीबार
,
Latest
लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने? गृहमन्त्रीकै प्रतिप्रश्न : तपाईंहरू सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ? तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई कानून समितिले दिएको निर्देशनप्रति काँग्रेसको आपत्ति विश्व आदिवासी दिवसको तयारी पूरा, भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्‍याली सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको… राष्ट्रियसभाको बैठक सुरु धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो ग्यास नपाए वा कालोबजारी भए ९८५१११६७७३ मा फोन गर्न सरकारको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सभामुखमा माइक जोन्सन निर्वाचित



अमेरिकी सभामुख माइक जोन्सन
अ+ अ-

अमेरिकी प्रतिनिधिसभाको सभामुखमा रिपब्लीकन पार्टीका माइक जोन्सन निर्वाचित भएका छन् । तीन हप्ता अघि सभामुख केभिन म्याकार्थीलाई रिपब्लीकन पार्टीकै सांसदहरुको विद्रोहपछि सभामुख पदबाट हटाएसँगै नयाँ सभामुख को बन्ने भन्नेमा अन्यौल देखिएको थियो ।

गाजा द्वन्द्व, युक्रेन युद्ध र दक्षिणी सीमामा पर्खाल निर्माणजस्ता महत्वपूर्ण मुद्दाका लागि १०० अर्ब डलरभन्दा बढीको सहायता अनुमोदन गर्न सभामुखको अभावमा हाउसको बैठक समेत बस्न सकेको छैन ।

अमेरिकी तल्लो संसदमा रिपब्लीकन पार्टीको झिनो बहुमत छ । हाउसमा रिपब्लीकनको २२१ मत छ भने डेमोक्रेटिक पार्टीको २१२ छ । अमेरिकी संसदमा सभामुख चयनका लागि २१७ मतको आवश्यक पर्दछ ।

तर मतदानमा जोन्सनले २२० मत पाएका थिए भने विपक्षमा २०९ मत परेको थियो ।

जोन्सनमाथि सन् २०२० को राष्ट्रपतीय निर्वाचनको मतपरिणाम स्वीकारयोग्य नभएको भन्दै कानुनी लडाइँको नेतृत्व गरेको आरोप लाग्दै आएको छ जुन चुनावमा डोनाल्ड ट्रम्प वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए ।

अमेरिकी पूर्व सभामुख म्याकार्थीले डेमोक्रेटिक पार्टीका राष्ट्रपति जो बाइडेनका योजनालाई सहयोग र समर्थन गरेको आरोप लगाउँदै ट्रम्प निकट सांसदहरुले विद्रोह गरेका थिए ।

अर्को वर्ष हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेनलाई संसदबाट असहयोग गरी असफल तुल्याउन रिपब्लीकन लागिपरेका छन् । अर्को चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट बाइडेन उम्मेदवार हुने घोषणा भइसकेको छ भने रिपब्लीकन तर्फबाट डोनाल्ड ट्रम्पको सम्भावना बढी छ । एजेन्सी




भर्खरै