११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता



अ+ अ-

काठमाडाैँ । निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा तीन हजार ७७६ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ५२९ र नागरिकताका आधारमा एक हजार २४७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् ।

राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार ३७१ पुरुष र एक हजार १५८ महिला तथा नागरिकताका आधारमा ६५७ पुरुष र ५९० महिलाले नाम दर्ता गराएका उहाँले बताउनुभयो । आयोगले सूचना जारी नगर्दासम्म निरन्तर मतदाता नामावली दर्ताको काम हुने उल्लेख गर्दै प्रमुख शाहीले युवा पुस्ताले धमाधम मतदाता नामावलीमा नाम दर्ता गराउन थालेका बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले अनलाइनबाट सेवा लिनेहरु बढ्दै गएका छन् ।” प्रमुख शाहीले जिल्लाका कोहलपुर, राप्तीसोनारी, डुडुवा, नरैनापुर, जानकी, खजुरालगायतका क्षेत्रबाट मतदाता नामावलीमा नाम दर्ता भइरहेको उल्लेख गर्दै त्रुटि सच्चाउने र अद्यावधिक गर्ने कार्य पनि जारी रहेको बताउनुभयो । अन्तिम नामावली प्रकाशन भएपछि मात्रै बाँकेमा कति मतदाता नयाँ थपिए भन्ने निक्र्यौल हुने उल्लेख गर्दै प्रमुख शाहीले बाहिरी जिल्लाका लागि पनि बाँकेबाट मतदाता परिचयपत्रका लागि नाम दर्ता भइरहेको बताउनुभयो ।

विसं २०८२ को निर्वाचनसम्ममा बाँकेबाट तीन लाख ५० हजार ३७१ जनाले मतादाता नामावलीमा नाम दर्ता गराएका थिए । तीमध्ये एक लाख ७२ हजार २२३ महिला र एक लाख ७८ हजार १३९ पुरुष रहेका थिए भने अन्य नौ जना रहेका थिए । आयोगले बाँकेमा २०८२ चैत २२ गतेदेखि मतदाता नमावलीका लागि नाम दर्ता गर्ने प्रक्रिया सुरु गरेको थियो ।