४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो

‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो
अ+ अ-

लन्डन। रियल म्याड्रिड र बार्सिलोनाका पूर्वस्टार लुइस फिगोले विवादमा तानिएका फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पद छोड्न आग्रह गर्नुभएको छ ।

उहाँले इन्फान्टिनोमाथि ‘धोकेबाज’ व्यवहार गरेको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । विश्वकपको स्वामित्वको केही हिस्सा निजी इक्विटी लगानीकर्तालाई बिक्री गर्ने योजनाको तीव्र विरोधपछि इन्फान्टिनो दबाबमा पर्नुभएको हो ।

छपन्न वर्षीय इन्फान्टिनोले आफ्नो ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपको २० प्रतिशत हिस्सेदारी बिक्री गर्ने योजना अघि सार्नुभएको थियो । उक्त प्रस्तावलाई तीन महादेशीय फुटबल महासङ्घले अस्वीकार गरेपछि उहाँ योजना स्थगित गर्न बाध्य भएको थियो ।

आफ्नो योजनापछि गुमेको समर्थन पुनः प्राप्त गर्ने प्रयासमा इन्फान्टिनोले बुधबार मोरक्कोमा फिफाका निर्देशकसँग आकस्मिक छलफल गर्नुभएको  स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

पोर्चुगलका पूर्वफरवार्ड फिगोले भने उक्त योजनाको आलोचना गर्दै इन्फान्टिनोको राजीनामा माग गर्नुभएको छ ।

“फिफाका समस्याबारे म १० हजार शब्द लेख्न सक्छु। तर समाधानका लागि तीन शब्द पर्याप्त छन, इन्फान्टिनो जानुपर्छ,” फिगोले बेलायती अखबार ‘डेली मेल’मा लेख्नुभएको छ ।

उहाँले इन्फान्टिनोले फुटबलको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाउनुभएको छ । “जसले आफू र आफ्ना सहयोगीलाई धनी बनाउन खेलमा यस्ता ठूला परिवर्तन जबर्जस्ती लागू गर्न खोज्छ, उसले फुटबलको भविष्यमा भूमिका खेल्नु हुँदैन,” फिगोले भन्नुभयो ।

इन्फान्टिनोले भने आफ्नो प्रस्तावले फिफाका सदस्य राष्ट्रको आम्दानी बढाउने दाबी गर्नुभएको थियो । तर विश्वभरका फुटबल सङ्घसँग पर्याप्त परामर्श नगरी योजना अघि बढाएको भन्दै उहाँको आलोचना भएको थियो।

हरेक चार वर्षमा आयोजना हुँदै आएको विश्वकपलाई दुई–दुई वर्षमा आयोजना गर्ने सम्भावनाबारेको बहसले पनि फुटबल जगतमा विवाद सिर्जना गरेको थियो।

फिफाका अन्य वरिष्ठ अधिकारी तथा आर्सनलका पूर्वप्रबन्धक आर्सन वेङ्गरले समेत इन्फान्टिनोको कार्यशैलीको आलोचना गर्नुभएको छ ।

सन् २०१५मा फिफा अध्यक्षको दौडबाट बाहिरिएका फिगोले इन्फान्टिनोले संस्थाको प्रतिष्ठा कमजोर बनाएको आरोप लगाउनुभयो ।

“इन्फान्टिनोले फिफा अध्यक्ष पदको गरिमा घटाएका छन्, जुन पदलाई उँचो बनाउने वाचा गरेका थिए,” फिगोले भन्नुभयो, “फुटबललाई जोगाउन अझै ढिलो भएको छैन, उनी पदबाट बाहिरिनुपर्छ ।” (रासस/एएफपी)