आइसिसी विश्वकप क्रिकेट अन्तर्गत दिल्ली रंगशालामा बुधबार सम्पन्न दिवारात्रि खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाइ ३०९ रनको विशाल अन्तरले पराजित गरेको छ । विश्वकप इतिहासमै यति फराकिलो अन्तरले जितहार भएको यो पहिलो स्थिति हो ।
जितका लागि ४०० रनको विशाल लक्ष पछ्याएको नेदरल्यान्ड्सको टोलीले २१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाएको थियो ।
पछिल्लो समय लयमा फर्कन थालेको अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले १०४ रन बनाएका थिए ।
तर ग्लेन म्याक्सवेलले ४४ बलमै १०६ रन बनाएर नेदरल्यान्ड्सको इनिङ ध्वस्त पारेका थिए । उनले ९ चौका र ८ छक्का प्रहार गरेका थिए । म्याक्सवेलको यो सर्वाधिक छिटो शतक बनाउने रेकर्ड पनि हो ।
यस्तै स्टिभेन स्मिथले ७१ र मार्नस लाबुसाग्नेले ६२ रन बनाएका थिए ।
४०० रन पछ्याएको नेदरल्यान्ड्सको पालि अस्ट्रेलियाका स्पिनर एडम जाम्पाले ध्वस्त बनाइदिएका थिए । उनले ८ रन खर्चेर ४ विकेट लिएका थिए । यस्तै मिचेल मार्सले २ तथा मिचेल स्टार्क, जस हेज्वलउड र प्याट कमिन्सले समान एकएक विकेट लिएका थिए ।
यो जितसँगै अस्ट्रेलियाले ५ खेलबाट ६ अंक सहित लिगको चौथो स्थानमा रहेको छ ।
पछिल्लो अंक तालिका (माथिल्ला चार टिम)
१. भारत – ५ खेल – १० अंक
२. दक्षिण अफ्रिका – ५ खेल – ८ अंक
३. न्युजील्यान्ड – ५ खेल – ८ अंक
४. अस्ट्रेलिया – ५ खेल – ६ अंक