७ भाद्र २०८३, आईतवार
,
Latest
युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण दुर्घटनामा एक जनाको मृत्यु पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो



अ+ अ-

काठमाडौं । आइसीसी एक दिवसीय विश्वकपमा अफगानिस्तानले पाकिस्तानविरुद्ध शानदार जित हात पारेको छ । भारतको चेन्नईमा भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।

पाकिस्तानले दिएको २८३ रनको लक्ष्य अफगानिस्तानले एक ओभर अगावै पूरा गर्दै दोस्रो जित दर्ता गर्‍यो । अफगानिस्तानका लागि रहमत शाहले अविजित ७७ रन र कप्तान हसमतुल्लाह शहिदीले अविजित ४८ रन बनाए ।

त्यस्तै ओपनर ब्याट्सम्यानद्वय रहमुल्लाहले ६५ र इब्राहिमले ८७ रनको योगदान दिए । यससँगै अफगानिस्तान ४ अंकसहित छैटौं स्थान हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ ।

यसअघि टस जितेर ब्याटिङ गरेको पाकस्तानले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा २८२ रन बनाएको थियो ।

पाकिस्तानको लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रन बनाए । त्यस्तै अब्दुल्लाह सफिकीले ५८, इमान उल हकले १७, मोहम्मद रिजवानले ८, साउद सकिलले २५, सदाव खानले ४० र इफ्तिखर अहमदले ४० रन बनाएका थिए ।

अफगानिस्तानका लागि बलिङतर्फ नुर अहमदले ३, नवीन उल हकले २ तथा मोहम्मद नाबी र अज्मातुल्लाह ओमारजाइले १-१ विकेट लिए ।