७ आश्विन २०८१, सोमबार
,
Latest
सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो



अ+ अ-

काठमाडौं । आइसीसी एक दिवसीय विश्वकपमा अफगानिस्तानले पाकिस्तानविरुद्ध शानदार जित हात पारेको छ । भारतको चेन्नईमा भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।

पाकिस्तानले दिएको २८३ रनको लक्ष्य अफगानिस्तानले एक ओभर अगावै पूरा गर्दै दोस्रो जित दर्ता गर्‍यो । अफगानिस्तानका लागि रहमत शाहले अविजित ७७ रन र कप्तान हसमतुल्लाह शहिदीले अविजित ४८ रन बनाए ।

त्यस्तै ओपनर ब्याट्सम्यानद्वय रहमुल्लाहले ६५ र इब्राहिमले ८७ रनको योगदान दिए । यससँगै अफगानिस्तान ४ अंकसहित छैटौं स्थान हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ ।

यसअघि टस जितेर ब्याटिङ गरेको पाकस्तानले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा २८२ रन बनाएको थियो ।

पाकिस्तानको लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रन बनाए । त्यस्तै अब्दुल्लाह सफिकीले ५८, इमान उल हकले १७, मोहम्मद रिजवानले ८, साउद सकिलले २५, सदाव खानले ४० र इफ्तिखर अहमदले ४० रन बनाएका थिए ।

अफगानिस्तानका लागि बलिङतर्फ नुर अहमदले ३, नवीन उल हकले २ तथा मोहम्मद नाबी र अज्मातुल्लाह ओमारजाइले १-१ विकेट लिए ।