७ भाद्र २०८३, आईतवार
,
Latest
शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङल्यान्डका महान फुटबलर सर बबी चार्ल्टनको निधन



अ+ अ-

इङल्यान्डलाई सन् १९६६ मा विश्वकप जिताउने टिमका महत्वपूर्ण सदस्य सर बबी चार्ल्टनको ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ । उनी इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका सर्वकालीन महान खेलाडी (लिजेन्ड) पनि थिए ।

इङल्यान्डका लागि चार्ल्टनले १०६ वटा अन्तर्राष्ट्रिय प्रयोगितामा भाग लिएर ४९ गोल गरेका थिए । समकालीन विश्व फुटबलमा इङल्यान्डका लागि त्यति धेरै गोल गर्ने उनी पहिलो खेलाडी पनि थिए ।

करिब १७ वर्ष म्यान्चेस्टर युनाइटेड क्लबमा बिताएका उनले तीन पटक प्रिमियर लिगको उपाधि जित्नुका साथै युरोपियन कप र एफए कप जिताएका थिए ।

चार्ल्टनको परिवारले घरमै शनिबार बिहान उनको निधन भएको जनाएको छ ।

सन् २०२० को नोभेम्बरमा स्वास्थ्य परीक्षण गर्दा उनमा बिर्सने रोग (डिमेन्सिया) लागेको पत्ता लागेको थियो ।

म्यान्चेस्टर युनाइटेडले सार्वजनिक गरेको विज्ञप्तिमा उनी क्लबका सर्वकालीक महान खेलाडी (लिजेन्ड) रहेको बताउँदै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको जनाएको छ ।

उनी क्लबका लागि मात्र हिरो नभई समग्र इङलिस फुटबल जगतकै हिरो भएको क्लबको भनाई छ ।

शनिबार राति भएको शेफिल्ड विरुद्धको खेल सुरु हुनुअघि युनाइटेडका तर्फबाट रंगशालामा पुष्पगुच्छा सहित सम्मान गरिएको थियो ।
चार्ल्टनको निधनप्रति इङल्यान्डका सबै क्षेत्रबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएका खबरहरु प्राप्त भएका छन् ।

अक्टोबर ११, १९३७ मा इङल्यान्डको आसिङटनमा जन्मिएका चार्ल्टन सन् १९५३ मा म्यान्चेस्टर युनाइटेडमा स्कुले बालकका रुपमा जोडिएका थिए । १८ वर्षकै उमेरमा उनले सन् १९५६ को अक्टोबरमा युनाइटेडका लागि पहिलो खेल चार्ल्टन एथ्लेटिक्स विरुद्ध खेलेका थिए ।

सन् १९५८ मा म्युनिखमा भएको विमान दुर्घटनामा उनी भाग्यले बाँचेका थिए । त्यस घटनामा युनाइटेडका ८ सदस्य सहित २३ जनाको ज्यान गएको थियो ।

तर त्यस घटनापछि चार्ल्टनको खेल जीवनले नयाँ मोड लिनुका साथै उनी इङलिस टिमका अनिवार्य सदस्य भइरहे ।