• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   नेपालले टस जितेर फिल्डिङ रोज्यो ★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण

क्रिकेट विश्वकप : दक्षिण अफ्रिकाद्वारा इङल्यान्ड २२९ रनले पराजित



दक्षिण अफ्रिकाली टिम खुसी साट्दै ।

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत मुम्बईको वान्खडे रंगशालामा शनिबार सम्पन्न दिवारात्रि खेलमा दक्षिण अफ्रिकाले डिफेन्डिङ च्याम्पियन इङल्यान्डलाई २२९ रनको विशाल अन्तरले पराजित गरेको छ ।

दक्षिण अफ्रिकाले दिएको ४०० रनको विशाल लक्ष पछ्याउने क्रममा इङल्यान्डले २२ ओभरमा १७० मात्र बनाएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले मार्को यान्सेन र हेनरिक क्लासेनको प्रभावशाली खेलका कारण  सात विकेटको क्षतिमा ३९९ रनको विशाल स्कोर खडा गरेको थियो ।

अफ्रिकाका लागि हेनरिक क्लासेनले ६७ बलमै १०९ रन प्रहार गरेका थिए । पछिल्लो क्रममा आएका मार्को यान्सेनले ४२ बलमै ७५ बनाएर इङल्यान्डको बलिङ आक्रमण तहसनहस पारेका थिए । उनले ६ छक्का र ३ चौका हानेका थिए ।

यस्तै रिज हेन्ड्रीकले ८५, भान डर डुसेनले ६०, कप्तान एडेन मार्करमले ४२ रन बनाएका थिए ।

इङल्यान्डका ब्याट्सम्यानहरु जोनी बेयरस्टोले १०, डेविड मलानले ६, जो रुटले २, बेन स्टोकले ५, जस बट्लरले १५, ह्यारी ब्रुकले १७, डेविड विल्लीले १२, अदिल रशिदले १०, गस एट्किन्सनले ३५ तथा मार्क उडले ४३ रन बनाएर आउट भएका थिए । रिज टप्लेले चोटका कारण खेल्न आएनन् ।

अफ्रिकाका लागि मार्को यान्सेनले २, गेराल्ड कोजीले ३, लुंगी एन्गिडीले २ र कागिसो राबाडा र केशव महाराजले समान १, १ विकेट लिएका थिए ।

यो जितसँगै दक्षिण अफ्रिकाले ४ खेलबाट ६ अंक प्राप्त गरी अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

इङल्यान्ड भने ४ खेलबाट २ अंकका साथ अंक तालिकामा नवौं स्थानमा छ । इङल्यान्डले अप्रत्यासित रुपमा हालसम्म एक खेल मात्र जितेको छ ।