२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : दक्षिण अफ्रिकाको अलराउन्ड प्रदर्शन, इङल्यान्ड हार नजिक



दक्षिण अफ्रिकाली टिम खुसी साट्दै ।
अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत मुम्बईको वान्खडे रंगशालामा जारी दिवारात्रि खेलमा दक्षिण अफ्रिकाले अलराउन्ड प्रदर्शन गरेसँगै इङल्यान्ड दबाबमा परेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा ३९९ रनको विशाल स्कोर खडा गरेको थियो । अफ्रिकाका लागि हेनरिक क्लासेनले ६७ बलमै १०९ रन प्रहार गरेका थिए । पछिल्लो क्रममा आएका मार्को यान्सेनले ४२ बलमै ७५ बनाएर इङल्यान्डको बलिङ आक्रमण तहसनहस पारेका थिए । उनले ६ छक्का र ३ चौका हानेका थिए ।

यस्तै रिज हेन्ड्रीकले ८५, भान डर डुसेनले ६०, कप्तान एडेन मार्करमले ४२ रन बनाएका थिए ।

४०० रनको विशाल लक्ष पछ्याएको इङल्यान्ड संकटमा परिसकेको छ । पछिल्लो ताजा विवरण अनुसार, १२ ओभरमा इङल्यान्डले ६ विकेट गुमाएर ६८ रन मात्र बनाएको छ ।

इङल्यान्डका ब्याट्सम्यानहरु जोनी बेयरस्टो (१०), डेविड मलान (६), जो रुट (२), बेन स्टोक (५), जस बट्लर (१५), ह्यारी ब्रुक (१७) आउट भइसकेका छन् । क्रिजमा अहिले डेविड विल्ली र अदिल रशिद छन् ।

अफ्रिकाका लागि मार्को यान्सेन र गेराल्ड कोजीले २/ २ तथा लुंगी एन्गिडी र कागिसो राबाडाले १/ १ विकेट लिएका छन् ।

यो खेल जितेमा दक्षिण अफ्रिकाले ४ खेलबाट ६ अंक प्राप्त गर्नेछ ।