२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाद्वारा पाकिस्तान ६२ रनले पराजित



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाले भारतमा जारी क्रिकेट विश्वकपमा पाकिस्तानमाथि सहज जित हासिल गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको ३५० रनको लक्ष्य पछाएको पाकिस्तान ४५।३ ओभरमा अल आउट हुदै ३०५ रन बनाएको थियो ।

पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ७० रनको योगदान दिँदा अब्दुल्लाह शफिकीले ६४ रन जोडे । यस्तै मोहम्मद रिजवान ४६, सहुद सकिल ३०, इफ्तिकर अहमद २६, कप्तान बाबर आजम १८, महम्मद नवाज १४ र साहिन साह अफ्रिदीले १० रन जोडे । किस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानलाई पराजित गर्ने क्रममा अस्ट्रेलियाका एडम जाम्पाले ४, प्याट क्यूमिन्स २, मार्कस स्टोइनिसले २, मिचेल स्टार्क र जोश हेजलउडले एकरएक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३४९ रन बनाएको थियो ।

डेविड वार्नरले १२४ बलको सामना गर्दै १६३ रनको योगदान दिए । यस्तै मिचेल मार्शले १०८ रनको सामना गर्दै १२१ रन बनाए।

मार्कस स्टोनिसले २१ र जोश इंग्लिसले १३ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यो सँगै अस्ट्रेलियाले जारी विश्वकपमा दोस्रो जित हासिल गरेको छ । यो जितपछि अस्ट्रेलियाको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । त्यसैगरी पाकिस्तानको पनि ४ खेलमा २ जित र् २ हारसहित ४ अंक रहेको छ ।

अब पाकिस्तानले आगामी सोमबार अफगानिस्तानविरुद्ध खेल्ने छ भने अस्ट्रेलियाले आगामी बुधबार नेदरल्याण्डससँग खेल्ने छ ।