५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक



अ+ अ-

काठमाडौं । घरेलु मैदान नेपालमा आयोजना हुन लागेको टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ ।

भोलि बुधबारदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाल, हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक गरिएको हो ।

हङकङ काठमाडौं नआइसकेकाले नेपालका कप्तान रोहित पौडेल र यूएईका कप्तान मोहम्मद वासिमले ट्रफी सार्वजनिक गरेका हुन् ।

काठमाडौंको मुलपानीमा हुने प्रतियोगिताको पहिलो खेलमा भोली बुधबार नेपाल र यूएई खेल्दैछन् । कात्तिक २ गते नेपाल र हङकङको खेल हुनेछ ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सहभागी टिमले डबल राउण्ड रोबिन लिग खेल्नेछन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् । फाइनल खेल कात्तिक १० गते हुने छ । प्रतियोगिताको फाइनलबाहेक सम्पुर्ण खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । टी–ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारीस्वरुप त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।

प्रतियोगिताका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेको छ । नेपालले स्पिनर सन्दीप लामिछानेविना सिरीज खेल्नेछ । सन्दीपले आफूलाई टीममा समावेश नगर्न आग्रह गरेका थिए । यस्तै, अर्का स्पिनर ललित राजवंशीले भने खेल्नेछन् । उनीले चोटका कारण पछिल्लो खेल गुमाएका थिए ।

नेपाली टोली: रोहित पौडेल (कप्तान), आशिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, ललित राजवंशी, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, विवेक यादव, अविनाश बोहरा ।