६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘प्राकृतिक, ऐतिहासिक र शाहसिक पर्यटनको संगम बन्दै मकवानपुरको बुढीचौर’

‘प्राकृतिक, ऐतिहासिक र शाहसिक पर्यटनको संगम बन्दै मकवानपुरको बुढीचौर’
अ+ अ-

काठमाडौँ। मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित बुढीचौर पछिल्लो समय आन्तरिक पर्यटकको एक प्रमुख गन्तव्यका रूपमा उदयमान भइरहेको छ ।

प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व, धार्मिक सम्पदा र शाहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको यो क्षेत्र अहिले प्रकृतिप्रेमी पर्यटकहरूको रोजाइमा पर्न थालेको हो । तराईको राप र हेटौँडाको गर्मीबाट राहत खोज्नेहरूका लागि करिव २० देखि २५ किलोमिटरको दूरीमा रहेको बुढीचौर एक शीतल गन्तव्य बनेको छ । यहाँको स्वच्छ हावापानी र यात्राका क्रममा देखिने मनोरम पहाडी दृश्यले पर्यटकलाई निकै लोभ्याउने गरेको छ । पछिल्लो समय यहाँ निर्माण गरिएको रेलिङ र पदमार्ग सामाजिक सञ्जालमा चर्चामा आएपछि पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको स्थानीयले बताएका छन् ।

हाल बुढीचौरमा दैनिक १५० देखि २०० सम्म मोटरसाइकल, अटो, साना विद्युतीय गाडी (ईभी) तथा टाटा सुमोमार्फत पर्यटकहरू पुग्ने गरेका छन् । काठमाडौं र हेटौँडा लगायतका क्षेत्रबाट आउने पर्यटकहरूले यहाँको शान्त वातावरण र प्राकृतिक दृश्यलाई अन्तर्राष्ट्रिय स्तरका च्यानलमा देखिने दृश्यसँग तुलना गर्ने गरेका छन् ।

हेटौँडाबाट घुम्न पुगेका पर्यटक दिलिपकुमार श्रेष्ठ भन्छन्, ‘तराईको गर्मीबाट केही किलोमिटरकै यात्रामा यस्तो शीतल र शान्त ठाउँ भेटिनु अद्भुत छ । यहाँको वातावरण निकै आनन्ददायी छ ।’

पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको बुढी चौर आन्तरिक पर्यटकका लागि एक आकर्षक गन्तव्यका रूपमा उदय भइरहेको छ । शुरुमा सामान्य गाउँ वा जमघट हुने थलोका रूपमा चिनिए पनि, प्रत्यक्ष भ्रमणका क्रममा यस क्षेत्रको प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई आकर्षित गरिरहेको पाइएको छ । बुढी चौर पुग्ने पर्यटकहरूले यस क्षेत्रको प्राकृतिक बनावट र दृश्यलाई विश्वस्तरीय च्यानलहरूमा देखाइने मनोरम दृश्यहरूसँग तुलना गर्न थालेका छन् । नजिकैको गर्मी क्षेत्रबाट करिबव २०–२५ किलोमिटरको दूरीमा रहेको यो स्थान पुग्ने बाटो र वरपरको वातावरण निकै मनमोहक रहेको भ्रमणमा आएका पर्यटकहरू बताउँछन् । विशेष गरी मोटरसाइकल यात्रा मार्फत यहाँ पुग्नेहरूले बाटोमा देखिने प्राकृतिक दृश्यहरूलाई उच्च प्रशंसा गरेका छन् । पर्यटक राम श्रेष्ठकाअनुसार सामाजिक सञ्जालमा देखिएको भन्दा प्रत्यक्ष भ्रमणमा बुढी चौर अझ उत्कृष्ट र सुन्दर रहेको  छ । उहाँले यस क्षेत्रको भौगोलिक बनावट र वातावरणीय अनुकूलताले जोसुकैलाई पनि मोहित पार्ने उल्लेख गर्नुभयो ।

यस क्षेत्रको विकासका सम्बन्धमा श्रेष्ठ भन्नुहुन्छ, ‘सरकारले यस ठाउँको विकासमा अलिकति मात्र ध्यान पु¥याउने हो भने बुढी चौरलाई एक उत्कृष्ट पर्यटकीय गन्तव्य र स्थानीय आयस्रोतको बलियो माध्यम बनाउन सकिने देखिन्छ ।’

प्रचुर पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय स्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माण र सरकारी स्तरबाट ठोस योजनाको खाँचो रहेको सरोकारवालाहरूको बुझाइ छ ।

बुढीचौरको धार्मिक तथा ऐतिहासिक पक्ष पनि उत्तिकै सबल छ । यहाँको रिखेश्वर गुफा धार्मिक पर्यटनका लागि महत्वपूर्ण मानिन्छ । ऐतिहासिक रूपमा खुडेधार पदमार्गलाई नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले प्रयोग गरेको सम्भावित गुप्त मार्गका रूपमा स्थानीयले चर्चा गर्ने गरेका छन् । यस क्षेत्रमा रहेको सामरी खोलाको मुहान र प्राकृतिक झरनाहरूले पर्यटकलाई थप आकर्षण प्रदान गर्दछन् ।

बुढीचौरको अर्को मुख्य विशेषता यहाँको क्षण–क्षणमा बदलिने मौसम हो । कहिले कुहिरोले डाँडाकाँडा ढाक्ने त कहिले खुल्ने दृश्यले यहाँको सौन्दर्यमा निखार ल्याउँछ । बाह्रै महिना चिसो हावापानी रहने यस क्षेत्रलाई तरकारी खेतीको महत्वपूर्ण ‘हब’ का रूपमा पनि चिनिन्छ । यहाँ उत्पादित ताजा गोलभेंडा, काउली, बन्दागोभी, आलु र सागसब्जीले स्थानीय अर्थतन्त्रमा टेवा पु¥याएका छन् ।

पर्यटकीय चहलपहल बढ्न थालेपछि स्थानीय बासिन्दाले रैथाने उत्पादनहरू जस्तै काँक्रो, दही, दूध र मोही विक्री गरेर आम्दानी गर्न थालेका छन् ।

स्थानीय बासिन्दा कर्णराज विश्वकर्माकाअनुसार ‘पर्यटकको आगमनले स्थानीय उत्पादनको बजारीकरणमा ठूलो सहयोग पुगेको छ ।’

बुढीचौरलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पदयात्रा (ट्रेकिङ), क्याम्पिङ, साइक्लिङ र फोटोग्राफीका पूर्वाधारहरू थप गर्नुपर्ने देखिन्छ । स्थानीयले खुडेधार पदमार्गको स्तरोन्नति, सूचना केन्द्रको स्थापना, विश्रामस्थल, दृश्यावलोकन टावर (भ्यू टावर) र होमस्टे सञ्चालनमा सरकारले लगानी गर्नुपर्ने माग गरेका छन् ।

सरकारी स्तरबाट योजनाबद्ध रूपमा पूर्वाधार विस्तार र प्रचारप्रसार गर्नसके बुढीचौर निकट भविष्यमै बागमती प्रदेशकै एक उत्कृष्ट प्राकृतिक, ऐतिहासिक र साहसिक पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । –न्युज एजेन्सी नेपाल