३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

यस्ता छन् इन्टरनेट फास्ट बनाउने उपायहरु

यस्ता छन् इन्टरनेट फास्ट बनाउने उपायहरु
अ+ अ-

काठमाडौँ। कोरोना भाइरसको महामारीले लकडाउन जारी रहदा अधिकांश मानिसहरु यतिबेला घरमै छन् । यो बेला इन्टरनेटको प्रयोग अधिक बढेको छ । तर इन्टरनेटको गति एकदमै सुस्त भएर तपाई दिक्क हुनुभएको होला । इन्टरनेट विग्रिएमा वा सुस्त नै भएपनि सम्बन्धीत कम्पनीले कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै कर्मचारी पठाउन नमानिरहँदा तपाईलाई पक्कै पनि इन्टरनेट कसरी फास्ट बनाउन सकिएला भन्ने मनमा लागेको हुनुपर्छ । यस्तो अवस्थामा हामी तपाईंहरुलाई केही टिप्स दिदैछौं जसले तपाईंको इन्टरनेटलाई फास्ट बनाउँन मद्दत गर्छ ।

राउटर राखेको स्थान परिवर्तन :राउटर राखिएको स्थानले पनि तपाईको इन्टरनेटको गतिलाई निर्धारण गर्दछ । यदि तपाईको राउटर राखेको स्थान छनोट नै गलत छ भने इन्टरनेट चल्न नै मुस्किल हुन्छ । यसर्थ राउटरलाई भरसक अग्लो स्थान र अरू इलेक्ट्रोनिक आईटमहरुको नजिक नराख्नोस् । यदि एन्टेनासहितको राउटर छ भने, यसको एन्टेनालाई माथि पर्ने गरि राख्नुहोस् ताकि यसले सिंग्नल राम्रोसँग समात्न सकोस् ।

अलग एन्टेना जोड्ने विकल्प : इन्टरनेटले काम गरेको छैन भने अलग्गै अर्को एन्टेना जोडेर पनि फास्ट बनाउन सकिन्छ । राउटरले आन्तरिक एन्टेनामा काम गर्दछ भने गति बढाउन तपाईंसँग बाहिरबाट पनि एन्टेना थप्ने विकल्प छ । बाह्य एन्टेना बजारबाट किन्न सकिन्छ।

वायरलेस बुस्टर : प्रत्येक राउटरको क्षमता निश्चित हुन्छ । जबकी राउटरले सिंग्नल निश्चित क्षेत्रभन्दा पर पुर्‍याउन सक्दैन भने यस्तो बेला तपाईले बुस्टरको प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि तपाइले रेन्ज एक्सटेण्ड गर्ने बुस्टर पनि जडान गर्न सक्नुहुन्छ ।

राउटर रिबुट गर्नुहोस् : काम सुरू गर्नु अघि तपाईको वाइफाइ राउटर रिबुट गर्नुहोस्। यो रिबुट हुने बित्तिकै यसले पूरानो मेमोरी खाली हुन्छ र सबै अपडेटहहरू इन्स्टल हुन्छन्। यसबाहेक कसैसँग वाइफाइ पासवर्ड साझेदारी नगर्ने र बेलाबेलामा पासओर्ड परिवर्तन गर्नाले पनि इन्टरनेट फास्ट हुन सक्छ ।