७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् इन्टरनेट फास्ट बनाउने उपायहरु



अ+ अ-

काठमाडौँ। कोरोना भाइरसको महामारीले लकडाउन जारी रहदा अधिकांश मानिसहरु यतिबेला घरमै छन् । यो बेला इन्टरनेटको प्रयोग अधिक बढेको छ । तर इन्टरनेटको गति एकदमै सुस्त भएर तपाई दिक्क हुनुभएको होला । इन्टरनेट विग्रिएमा वा सुस्त नै भएपनि सम्बन्धीत कम्पनीले कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै कर्मचारी पठाउन नमानिरहँदा तपाईलाई पक्कै पनि इन्टरनेट कसरी फास्ट बनाउन सकिएला भन्ने मनमा लागेको हुनुपर्छ । यस्तो अवस्थामा हामी तपाईंहरुलाई केही टिप्स दिदैछौं जसले तपाईंको इन्टरनेटलाई फास्ट बनाउँन मद्दत गर्छ ।

राउटर राखेको स्थान परिवर्तन :राउटर राखिएको स्थानले पनि तपाईको इन्टरनेटको गतिलाई निर्धारण गर्दछ । यदि तपाईको राउटर राखेको स्थान छनोट नै गलत छ भने इन्टरनेट चल्न नै मुस्किल हुन्छ । यसर्थ राउटरलाई भरसक अग्लो स्थान र अरू इलेक्ट्रोनिक आईटमहरुको नजिक नराख्नोस् । यदि एन्टेनासहितको राउटर छ भने, यसको एन्टेनालाई माथि पर्ने गरि राख्नुहोस् ताकि यसले सिंग्नल राम्रोसँग समात्न सकोस् ।

अलग एन्टेना जोड्ने विकल्प : इन्टरनेटले काम गरेको छैन भने अलग्गै अर्को एन्टेना जोडेर पनि फास्ट बनाउन सकिन्छ । राउटरले आन्तरिक एन्टेनामा काम गर्दछ भने गति बढाउन तपाईंसँग बाहिरबाट पनि एन्टेना थप्ने विकल्प छ । बाह्य एन्टेना बजारबाट किन्न सकिन्छ।

वायरलेस बुस्टर : प्रत्येक राउटरको क्षमता निश्चित हुन्छ । जबकी राउटरले सिंग्नल निश्चित क्षेत्रभन्दा पर पुर्‍याउन सक्दैन भने यस्तो बेला तपाईले बुस्टरको प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि तपाइले रेन्ज एक्सटेण्ड गर्ने बुस्टर पनि जडान गर्न सक्नुहुन्छ ।

राउटर रिबुट गर्नुहोस् : काम सुरू गर्नु अघि तपाईको वाइफाइ राउटर रिबुट गर्नुहोस्। यो रिबुट हुने बित्तिकै यसले पूरानो मेमोरी खाली हुन्छ र सबै अपडेटहहरू इन्स्टल हुन्छन्। यसबाहेक कसैसँग वाइफाइ पासवर्ड साझेदारी नगर्ने र बेलाबेलामा पासओर्ड परिवर्तन गर्नाले पनि इन्टरनेट फास्ट हुन सक्छ ।