• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

धावक मानन्धरलाई २५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान प्रदान’



काठमाण्डौ । उज्ज्वल तारा स्कुल काँडाघारीले म्याराथुन धावक बैकुण्ठ मानन्धरलाई २५ हजार नगद राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान—२०८०’ प्रदान गरेको छ ।

विद्यालयले गत असोज ८ गते घोषणा गरेको १५ हजार ५५५ रुपैयाँको राशीमा अरु ९ हजार ४४५ रुपैयाँ थपेर २५ हजार रुपैयाँ सहितको सो सम्मान ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को सातौं संस्करणकोे अवसरमा शनिबार धावक मान्धरलाई प्रदान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्की, विद्यालयका सल्लाहकार एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्की तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले धावक मानन्धरलाई २५ हजार नगद तथा सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

सातौं संस्करणको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को शनिबार विहान धावक मानन्धरले उद्घाटन गरेका थिए भने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की तथा स्थानीय वडाध्यक्षहरु सहभागी थिए ।

विद्यालयले विगत ७ वर्षदेखि हरेक वर्ष ५ किलोमिटर दुरीको दौड आयोजना गर्दै आएको र यसलाई राष्ट्रियस्तरको दौडको रुपमा स्थापित गर्ने योजना रहेको दौडका संयोजक एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्कीले बताए ।

करीव ७ सय धावकहरुको सहभागिता रहेको सो दौडमा पुरुष खुलातर्फ गजेन्द्र राई, अजित कुमार यादव र श्रीकेश राई तथा महिला खुलातर्फ निर्मला केसी, पदम कुमारी सुनुवार र स्वस्तिका तिन्वा पहिलो, दोस्रो र तेस्रो भई क्रमश: १५ हजार, १० हजार र ५ हजार नगद सहित ट्रफि, पदक र प्रमाणपत्र पाए ।

यसैगरि अभिभावक पुरुषतर्फ सुनिल कार्की,प्रकाश थापा र प्रमोद लामिछाने तथा अभिभावक महिलातर्फ उमा खड्का, जमुना पौडेल र माया बस्नेत क्रमश: पहिलो, दोस्रो र तेस्रो भए ।

यसैगरि जेष्ठ नागरिक पुरुषतर्फ विक्रम महर्जन, कपिल भट्ट र सुर्य कटुवाल तथा महिलातर्फ कुमारी मगर, पार्वता ढकाल र गिता खतिवडा क्रमश: पहिलो, दोस्रो र तेस्रो भए ।

त्यसैगरि युगल जोडीतर्फ गोविन्द र कविता कार्कीको जोडी पहिलो, गोपाल चौलागाई र सावित्री शर्माको जोडी दोस्रो तथा अनिल र मुना कार्की तथा श्याम र सानु घजुको जोडी तेस्रो भएका थिए ।

दौडका विजेताहरुलाई विधा अनुसार नगद, ट्रफि, पदक र प्रमाणपत्रको साथै पोखरा, चितवन, नुवाकोट र भक्तपुरका होटेलहरुमा खानेबस्ने सुविधा सहितको उपहार दिइएको थियो भने विभिन्न अस्पताल, स्विमिङ्ग पुल, नृत्य र फिटनेश केन्द्र लगायतले उपहार दिएका थिए ।

दौडमा सहभागी हुन सहभागीहरुबाट नाम दर्ता शुल्क वापत संकलन गरिएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘बाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिने दौडका संयोजक महासेनानी कार्कीले बताएका छन् ।