३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा देउवा, ओली र दाहाल छलफलमा



अ+ अ-

काठमाडौंः प्रधानमन्त्री शेर बहादुर देउवा ,नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच बालुवाटारमा छलफल सुरु भएको छ ।

अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेर बहादुर देउवाले लेखेको संयुक्त पत्र सार्वजनिक भएलगत्तै प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो । प्रधानमन्त्री देउवाको अग्रसरतामा भएको यो बैठकमा पहिलो पटक प्रचण्ड, ओली र देउवाबीच प्रत्यक्ष वार्ता हुन लागेको छ ।

राजनीतिक महत्वको यस भेटमा एमसीसीलाई संसदबाट पारित गराउन आवश्यक पर्ने राजनीतिक वातावरण तयार गर्न, पछिल्लो राजनीतिक घटनाक्रम र स्थानीय निकायको निर्वाचनका बारेमा छलफल हुन लागेको स्रोतले जनाएको छ ।

बैठकमा तीन दलका शीर्ष नेता सहित अन्य तीन नेता सहभागी हुनुहुन्छ ।सरकारका तर्फबाट संञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ,एमालेका तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुनु भएको छ । तर, यस बैठकमा सत्ता गठबन्धनको सहयात्री दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलाई भने डाकिएको छैन ।

एमालेले निरन्तर संसद अवरुद्ध गरेका कारण देशका जल्दाबल्दा विषयले संसदमा प्रवेश पाउन सकेको छैन । लगातारको अवरोधले संसदको भूमिका नै अन्यौलग्रस्त बनेको छ । कतिपयको विचारमा सभामुखले पर्याप्त समझदारी बनाउन नसक्दा संसदको कारबाही नै गतिहीन बनेको आरोप नागरिक समाजले पनि लगाउन थालेको छ ।