१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको दुई गोलमा पोर्चुगल युरोमा छनोट



अ+ अ-

एजेन्सी । पोर्चुगल आगामी वर्ष जर्मनीमा हुने युरो कपका लागि छनोट भएको छ । गएराति भएको खेलमा स्लोभाकियालाई ३–२ गोलले पराजित गर्दै पोर्चुगलले आफ्नो स्थान सुरक्षित गरेको हो ।

पोर्चुगललाई घरेलु मैदान स्टेडिओ डो ड्रागाओमा जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा गोन्कालो रामोसले एक गोल गरे । खेलको १८ औं मिनेटमा रामोसले गोल गर्दे घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल थप्दै पोर्चुगलको अग्रता २–० पारे । ६९ औं मिनेटमा डेभिड हान्कोले गोल गर्दै स्लोभाकियालाई १–२ का साथ खेलमा फर्काउन थाले । तर, ७२ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पोर्चुगललाई ३–१ ले अघि बढाए ।

यता, ८० औं मिनेटमा स्लोभाकियाका स्टेनस्लाभ लोवोट्काले गोल गरेपनि टोलीको हार टार्न सकेनन् । समूह जे मा रहेको पोर्चुगलको यो सातौं जित हो ।

टोलीले सात खेलमै शतप्रतिशत जित निकाल्दै २१ अंकका साथ शीर्षस्थानमा रहेको छ । स्लोभाकिया समान खेलमा १३ अंकका साथ दोस्रो स्थानमा छ ।