• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काँग्रेसको शंका: विद्युत विधेयक, २०८० ले निजी क्षेत्रलाई बिस्थापित गर्ने हो की



file photo

सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधि सभामा विचाराधीन विद्युत विधेयक, २०८० बारे संघीय सांसद, विज्ञ र सरोकारवाला निकायसँग छलफल गरेको छ ।

काठमाडौँ । आईतवार बिहान संसद भवनमा नेपाली काँग्रेसको संसदीय दलको आयोजनामा प्रतिनिधि सभामा विचाराधीन विद्युत विधेयक, २०८० बारे संघीय संसद ( राष्ट्रिय सभा र प्रतिनिधि सभा) सदस्य विज्ञ र सरोकारवाला निकायसँग छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले विधेयक निर्माण गर्ने क्रममा संलग्न हुनुभएको सरकारका पदाधिकारी आमन्त्रित गरी छलफल गर्ने र विधेयकबारे धारणा बनाउने बताउनु भयो । उहाँले अहिलेको विधेयकले फेरि निजी क्षेत्रलाई बिस्थापित गर्ने हो की ? भन्ने चिन्ता व्यक्त भएको बताउनु भयो । उहाँले विद्युत ऐन, २०४९ लाई हेरेर राम्रो बनाउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विद्युत सम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको छ । अब हाम्रो अर्थतन्त्र नै वास्तवमा विद्युतसँगै सम्बन्धित छ । बढी भन्दा बढी विद्युत उत्पादन गरी त्यसलाई निर्यात गर्नसके बल्ल अर्थतन्त्त उकास्ने स्थिति छ । मुलुकको आर्थिक पक्षका लागि पनि सबैभन्दा महत्वपूर्ण विधेयक भएको हुनाले हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ । केही विशेषज्ञ र विज्ञ साथीहरु र सरोकारवालाहरुसँग हमीले छलफल गरेका छाँै । अब मंगलवार फेरि हामी ११ बजे खासगरी यो विधेयक निर्माण गर्ने क्रममा संलग्न हुनुभएको सरकारका पदाधिकारीसँग पनि आमन्त्रित गरेर छलफल गर्नेछ र सरकारका कुरा सुनेर नेपाली काँग्रेसले यसका बारेमा धारणा बनाउने, संशोधन हाल्न सहजीकरण गर्नेगरी छलफल गरिरहेका छौँ ।

यसमा मुलत: निजी क्षेत्रले लगानी गरिरहेको छ । धेरै ठूलो लगानी यो क्षेत्रमा छ । जति विद्युत उत्पादन गरिरहेका छाँै । यसमा पनि ठूलो हिस्सा प्राइभेट सेक्टरको नै छ । अहिलेको यो विधेयकले फेरि निजी क्षेत्रलाई बिस्थापित गर्ने हो की ? भन्ने चिन्ता व्यक्त भएको छ । विज्ञ साथीहरुले पनि यो भन्दा पहिलाको विद्युत ऐन, २०४९ र अहिलेका संशोधनका बीचमा कस्ता अन्तर छन् र यसलाई कसरी राम्रो बनाएर लैजान सकिन्छ ? भन्नेकुरा राख्नुभएको छ । विद्युत उत्पादनको क्षेत्रमा वैदेशिक लगानी पनि आकर्षित गर्नु छ भने आन्तरिक रुपमा लगानी गर्नेलाई पनि उचित वातावरण बनाएर जानुछ । विद्युत उत्पादनसँगै वितरणको विषय पनि छ । जनतालाई पनि गुणस्तरीय विद्युतको वितरण र कमसेकम मूल्यमा विद्युतमाथि जनताको पहुँच कसरी सुनिश्चित हुन्छ ? भन्नेकुरालाई हेर्न जरुरी छ ।’

प्रमुख सचेतक लेखकले विद्युत उत्पादनको क्षेत्रमा वैदेशिक लगानी पनि आकर्षित गर्नुका साथै आन्तरिक रुपमा लगानी गर्नेलाई पनि उचित वातावरण बनाएर लैजानुपर्ने बताउनु भयो । कम भन्दा कम मूल्यमा विद्युतमाथि जनताको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनु भयो ।