२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जातिय द्वन्द्व गर्न उक्साइरहेको छ: सांसद सिंह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सरकारले जातिय द्वन्द्वका लागि उक्साइरहेको बताउनुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सिंहले सरकारले नै जातिय द्वन्द्वका लागि उक्साइरहेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री स्वयंले जातिय लडाई लड्न आग्रह गरेको बताउनु भयो । उहाँले जनप्रतिनिधिले चाहेको भए धरानको घटनालाई रोक्न सक्ने भन्दै सरकार यस्तो घटनाहरुमा मौन बसेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले नेपाली–नेपालीका बीचमा काटमार गराउन खोजेको हो ? भन्ने प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो सरकारको नालायकीपनले हो । यो सरकारको उक्साउने, हामी छौँ लाग जातित्वको लडाईंमा लड् भनि स्वयं प्रधानमन्त्रीज्युले भन्नुभएको छ । जनप्रतिनिधिहरुले चाहेको भए रोक्न सक्थ्यो धरानको त्यो घटना । प्रतिवेदन सुनेर चुप लागेर मौन समर्थन गर्नुभयो । आज यो दिन आइराखेको छ । गाईलाई लक्षमीको रुपमा आमाको रुपमा लिइन्छ हाम्रो देशमा । खुलेआम वध गरिकन मिडियाबाट भोज भतेर मनाउँछौ हामी ७८ जिल्लामै काट्छौँ भनेर यो गर्दा सरकार चुप लागेर बस्छ ।’

सांसद सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टी धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम गर्ने पक्षमा रहेको र नेताहरुले सोही अनुसारका अभिव्यक्तिहरु दिइरहेका स्पष्ट पार्नुभयो ।