२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको कारण मुलुकमा अराजकता र अनुशासनहिनता बढ्यो: सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकार संविधान र कानून अनुसार हिँड्न नसकेका कारण मुलुकमा अराजकता बढेको बताउनुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले सरकार संविधान र कानून बमोजिम हिँड्न नसकेको बताउनुभएको हो ।

उहाँले सरकारले देशलाई स्थिरता र सुशासनतर्फ लान नसकेको पनि बताउनु भयो । उहाँले सरकारकै कारण देशमा अराजकता र अनुशासनहिनता बढेको बताउनु भयो । सचेतक बर्तौलाले स्वच्छन्दता र अराजकता बढेको कारणले गर्दा देशमा साम्प्रदायिक द्वन्द्व र हिंसाहरु भड्किन थालेको बताउनु भयो । प्रधानमन्त्रीले नै जातिय पहिचानको आधारमा राज्य निर्माण गरिदिने अभिव्यक्ति दिन थालेपछि त्यसको असर स्वरुप विभिन्न भड्कावहरु देखिन थालेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘मुख्य कुरा सरकार संविधान र कानून बमोजिम हिँड्न सकेन । सरकारको नालायकीपन हो । सरकारले देशलाई स्थिरतातर्फ, सुशासनतर्फ लाने सामथ्र्य राख्न सकेन । त्यसकारणले गर्दा यो समस्या आएको हो । किनभने सबैतिर अराजकता भयो । स्वच्छन्दता भयो । अनुशासनहिनता भयो । यसको कारण जनताहरुले जहाँ जे गरेपनि हुन्छ भन्ने ठाउँमा पुग्यो । जसको कारणले गर्दा साम्प्रदायिक द्वन्द्वहरु, हिंसाहरु भड्किन थाले । हामीमा जातिय, धार्मिक सद्भाव छ ।’

‘यस बमोजिम हामी अगाडी बढिरहेका थियौँ तर सरकारका प्रधानमन्त्री स्वयम् ०८४ सालको निर्वाचनको अहिल्यै भोट माग्दै, ०८४ सालमा हामीलाई बहुमत दिनुस्, हामी जातिय पहिचानको आधारमा राज्य निर्माण गरिदिन्छौँ भन्नुहुन्छ । त्यसको असर अर्को धर्ममा पर्छ । अर्को समुदायमा पर्छ । अर्को क्षेत्रमा पर्छ । एवम् रितले आगो विभिन्न हिसावले सल्किन थाल्यो । भुसको आगो सरह सल्किन थालेको छ । यसले समग्र देशको, हामी मिलेर बसेको समाजलाई नै असहजतातर्फ लान खोजेको चिन्ता व्यक्त गर्ने ठाउँमा हामीलाई पुर्‍याएको छ । यसको मुख्य कारण सरकार हो ।’

उहाँले सरकार संविधान र कानून अनुरुप हिडेर जवाफदेही बनेमा देशको अराजकता र अस्थिरता नियन्त्रण गर्न सकिने बताउनु भयो ।