२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविमा नेविसंघले प्राध्यापकको अन्तर्वार्ता रोकेपछि एमालेको आपत्ति



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले त्रिभूवन विश्वविद्यालयमा उपप्राध्यापक तथा प्राध्यापकको अन्तर्वार्ता चलिरहेको नेवि संघले अवरोध गरेकोमा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै बर्तौलाले विभिन्न फ्याकेल्टीहरुको अन्तर्वार्ता सकिँएकोमा नेविसंघले समाजशास्त्र र हिन्दी विषयको अन्तरवार्ता अवरोध गरेकोमा आपत्ति जनाएका हुन् ।

त्रिभूवन विश्वविद्यालयमा ३ बर्षदेखि प्राध्यापकहरुको वृत्ति विकास रोकिएको बताउँदै उनले भने– ‘हिजो दिउँसो नेपाल विद्यार्थी संघले तालाबन्दी गर्यो र आदेश गर्यो र यो अन्तर्वार्ता लिन पाँइदैन । खबरदार अन्तर्वार्ता लनिका लागि आउने सेवा आयोगका अध्यक्ष र सदस्यहरुलाई गेटबाटै रोकिन्छ । यसप्रकारको फरमान जारी गर्यो । सरकारको निकट, सरकारको महत्वपूर्ण हिस्सा रहेको नेपाली कांग्रेस निकट रहेको नेविसंघले विश्वविद्यालयमा सेवा आयोगले गरिरहेको काम अवरोध तुल्याएको छ ।’

उनले त्रिवि सेवा आयोगले असोज १४ गतेदेखि प्राध्यापक र सहप्राध्यापकका लागि अन्तर्वार्ता आह्वान गरेको बताउदै प्राध्यापकको परीक्षा सुचारु गर्नका लागि सरकारको ध्यानाकर्षण गराए ।