२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधायन सम्बन्धि विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित



अ+ अ-

काठमाडौँ । विधायन सम्बन्धि विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रश्तुत भएको विधेयक सर्वसहमतिले स्वीकृत भएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यायन सम्बन्धि विधेयक, २०८० माथि संसदमा विचार गरियोस् भन्ने सरकारले पेश गरेको विधेयक सर्वहमतिले पास भएको घोषणा गर्नुभयो ।

विद्यायन सम्बन्धि विधेयक २०८० कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा पेस गर्नुभएको थियो । उहाँले संसदीय समितिको निर्देशन बमोजिम सरोकारवालाहरुको छलफलपछि प्राप्त सुझावलाई समेटर विद्यायन सम्बन्धि विधेयक, २०८० तयार पारेको बताउनु भयो ।