४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ: प्रधानमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा हुने कुनैपनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्यकर्मीहरुलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रह समेत गर्नुभयो । उहाँले वीर अस्पताललाई अझै बिस्तार र सुविधा सम्पन्न बनाउन नेपाल सरकार थप लगानी प्रतिवद्धता जनाउनु भयो ।

उहाँले नर्सिङ सेवासँग सम्बन्धित देखापरेका जटिलतालाई समाधान गर्नेतिर सरकारले दृढतापूर्वक अघि बढेको बताउनु भयो । उहाँले संविधानमा व्यवस्था भए बमोजिम मौलिक हकहरुको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानून निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको बताउनु भयो । उहाँले संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरुको भुमिका सबैभन्दा महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानमा व्यवस्था भए बमोजिम मौलिक हकहरुको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानून निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी छन् । संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरुको भुमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । यसतर्फ आगामी दिनमा सिंगो प्रतिष्ठान परिवारले गम्भीरतापूर्वक काम गर्नेछ । दक्ष र प्राविधिक जनशक्तिबाट देशको दूर दराजका जनताले सहज र स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक हो । हाम्रो राजनीति र जीवन व्यवहार नागरिको स्वार्थ र हीतमा समर्थित गरेर मात्र हामीले लोकतान्त्रिक राज्यको औचित्य पुष्टि गर्नसक्छौँ । त्यसका लागि राज्यका सम्पूर्ण अंगहरुले नियन्त्रणमुखी नभइ प्रवद्र्धन र सेवामुखी भएर काम गर्न जरुरी छ । गरिव, विपन्न, असहाय एवं उपेक्षित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको अधिकार र अवसरका निम्ति राज्यको जिम्मेवारीमा रहेका सबैले कुशलतापूर्वक आफ्नो भुमिका पूरा गर्नुपर्छ ।’

‘स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा अझ गम्भीरता र जिम्मेवारीपूर्वक जनसेवाका काम हुनुपर्छ । नेपालको संविधान, राज्यका प्रचलित नीति, कानून, प्रवन्धहरुको निर्देशनमा रही प्रभावकारी कार्यसम्पादन गर्न प्रतिष्ठान र प्रतिष्ठान आवद्ध सबैलाई निर्देशन दिन्छु । चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन एवं नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा उपल्ब्ध गराउनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरिएको हो । वीर अस्पताललाई अझै बिस्तार र सुविधा सम्पन्न बनाउन नेपाल सरकार थप लगानी गर्नेछ । नर्सिङ सेवासँग सम्बन्धित केही जटिलता देखापरेका छन् । अहिले सरकार, स्वास्थ्य मन्त्रालय यो समस्या समाधान गर्नेतिर दृढतापूर्वक अघि बढेको छ ।’

‘जनतको उपचारका कार्यरत चिकित्सकको पेशागत सुरक्षा, हीत र वृद्धि विकासमा सरकार सचेत र गम्भीर छ । पछिल्लो समय बिरामीहरुको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणलाई सरकारले र सरकार प्रमुखको हैसियतले मैले गम्भीर रुपमा लिएको छु । यसबारेमा सरकारले स्वास्थ्यकर्मीहरुसँग संवाद गरी आवश्यक कानूनी प्रवन्ध गर्ने सहमति र सोअनुसारको गृहकार्य गरिसकेको छ । स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा हुने कुनैपनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको छ । स्वास्थ्यकर्मीहरुलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन अपिल गर्दछु ।’

प्रधानमन्त्री दाहालले हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक रहेको भन्दै राजनीति र जीवन व्यवहार नागरिको स्वार्थ र हीतमा समर्थित गरेर मात्र लोकतान्त्रिक राज्यको औचित्य पुष्टि हुने बताउनु भयो । गरिव, विपन्न, असहाय एवं उपेक्षित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको अधिकार र अवसरका निम्ति राज्यको जिम्मेवारीमा रहेका सबैले कुशलतापूर्वक आफ्नो भुमिका पूरा गर्नुपर्ने बताउनु भयो ।