२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो: मन्त्री श्रेष्ठ



file photo
अ+ अ-

काठमाडौँ । भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताउनुभएको छ ।

मंगलवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले आम माफी नभइ कैद कट्टा मात्रै गरेको बताउनुभएको हो । उहाँले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ आफूहरुले नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताउनु भयो । उहाँले कैद कट्टा गरेर छुटाउनु र आम माफी दिनु फरक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आम माफी एउटा छुट्टै कुरा हो । अदालतबाट दोषी ठहर भएकालाई पनि आम माफी दिने भन्ने कुरा छ । र अहिलेको उसमा आम माफ नै दिइएको छैन । किनभने यो त कैद कट्टा गरिएको हो । कैद कट्टा गरेर छुटाइएको हो । हामीले क्याबिनेट बैठक बस्दा पनि त्यो भनेको छैन । अपराधीलाई राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौँ । कारागारमा गइसकेपछि आफूले भोग्नु कानूनअनुसार भोग्नुपर्छ । यस पटक कसैलाई आममाफी दिइएको छैन । नबुझेको हो । कैद कट्टा हो ।’

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले हत्या, बलात्कार लागुऔषध लगायतमा आम माफी दिनेकुरा गलत भएको बताउनु भयो । उहाँले पहिला यी कुरामा नदिने गरिएपनि अहिले विकृति आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो गलत परम्परा हो । पहिला मैले थाहा पाउँदा तीन, चार वटा कुरा हत्या, बलात्कार लागुऔषधमा माफी दिइँदैन थियो । अहिले जुनसुकैलाई पनि माफी दिने परम्परा भएको छ, त्यसमा राष्ट्रपतिलाई पनि मुस्ने गरिएको छ, उहाँले त हस्ताक्षर गर्ने मात्रै हो । हाम्रो नेतृत्व गरेकाहरु चुकेका हुन् । भ्रष्टाचारबिहीन समाज र सुशासन भन्नेकुरा नारामा मात्रै सिमति छ ।’

नेता केसीले भ्रष्टाचारबिहीन समाज र सुशासन भन्नेकुरा नारामा मात्रै सिमति बनेको बताउनु भयो ।