१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद सुवालको प्रधानमन्त्रीलाई प्रश्न: मुलुकको कार्यकारी भुमिका विदेशीबाट सञ्चालन भइरहेको हो



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मुलुकको कार्यकारी भूमिका कुनै विदेशीबाट संचालन भइरहेको हो र ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्नुभएको छ ।

पछिल्लो पटक गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे आफूलाई थाहा नभएको प्रधानमन्त्री दाहालको अभिव्यक्ति उल्लेख गर्दै उहाँले प्रधानमन्त्री दाहाल मुलुकको कार्यकारी भुमिका नभएको सरह देखिएको जिकिर समेत गर्नुभयो ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले प्रधानमन्त्री दाहालको संयुक्त राष्ट्र संघको महासभामा गर्नु भएको सम्बोधनप्रति पनि असन्तुष्टि जनाउनु भयो । उहाँले विश्वका आम जनतामा एकता ल्याउने खालको सम्बोधन सो सभासभामा प्रधानमन्त्रीले राख्न नसकेको बताउनु भयो ।

सांसद सुवालले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले इन्धनको मूल्य वृद्धिबारे थाहा नभएको बताउनु भयो । आफूलाई यसरी थाहा नहुनुको अर्थ प्रधानमन्त्री कार्यकारी भूमिकामा नभएको सरह हो । स्विकार गर्नु हो । के कुनै विदेशीबाट कार्यकारी भूमिका सञ्चालन भईरहेको हो र ? प्रधानमन्त्रीजीले संयुक्त राष्ट्र संघको महासभाबारे संक्षिप्त जानकारी गराउनु भयो । तर, प्रधानमन्त्रीजीको सम्बोधनमा एक देशको समाजको नीति अर्कोमा लागू नहुने प्राथमिकतामा परम्परा, इतिहास, संस्कृति फरक हुने, बरु एक अर्कोबाट सिक्ने, अनुभव बाँडने र बुझ्ने, विश्वका जनतामा विभाजन होइन, एकतामा ल्याउनेबारे उल्लेख भएन । ’

सांसद सुवालले राष्ट्र संघको महासभामा गरिव राष्ट्रको पक्षमा पनि प्रधानमन्त्री दाहालको सम्बोधन नआएको दाबी गर्नुभयो । रासस