२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा सांसदहरुलाई बोल्ने दिने कुरामा विभेद हुनुहुँदैन: जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सभामुख देवराज घिमिरेले सांसदहरुलाई बोल्न दिने समयमा विभेद् गरेको आरोप लगाउनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समय लिएर बोलेकोप्रति संकेत गर्दै उहाँले संसदमा सांसदहरुलाई बोल्न दिने समयबारे विभेद गर्न नहुने बताउनु भयो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव शर्माले सार्वभौम सांसदहरुले बोल्ने बेलामा माईक काट्ने काम नगर्न पनि सभामुख घिमिरेको ध्यानाकर्षण गराउनु भयो । उहाँले सबै सांसदहरुले आफ्ना कुरा राख्नुपर्ने भएकाले त्यसमा विभेद गर्न नपाइने बताउनु भयो ।

उपमहासचिव शर्माले भन्नुभयो, ‘सभामुख महोदय सार्वभौम संसदका म यदी सदस्य हो भने म के कुरा यहाँ आग्रह गर्न चाहन्छु भने मलाई पनि धेरै कुरा बोल्नु छ । मैले पनि धेरै कुरा भन्नु छ । त्यसकारण मेरो माईक नकाटियोस् भन्ने आग्रह गर्न चाहन्छु । किनभने मैले पनि धेरै कुराहरु दिनुछ यहाँ । मैले पनि भन्न पाउनु पर्छ । मजसता धेरै माननीयज्यूहरुले भन्न पाउनु पर्छ भन्ने कुरा पनि सँगसँगै राख्न पाउँछु । र, यहाँ विभेद हुुनहुँदैन भन्ने कुरा पनि म राख्न चाहन्छु । ’

उपमहासचिव शर्माले मुलुकमा जातीय/धार्मिक द्वन्द्व फैल्याउने काम भईरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि गम्भिर कदम चाल्न सरकारलाई पनि सचेत गराउनु भयो ।