२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध अम्पायरको गलत निर्णयका कारण नेपालले हार्नुपर्यो !



अ+ अ-

काठमाडौँ । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलबाट बाहिरिन पुग्यो । चीनको हाङझाउमा आज मंगलबार सम्पन्न प्रतियोगिताको क्वाटरफाइनलमा नेपालले भारतसँग २३ रनको पराजय ब्यहोर्यो ।

भारतले प्रस्तुत गरेको दुई सय तीन रनको विशाल लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्र बनाउन सक्यो । बलियो टोली भारतविरुद्ध नेपालको प्रदर्शन प्रशंसायोग्य थियो । नेपाललाई हारको निराशा भन्दा पनि सद्भाव र सहानुभूति मिलेको छ ।

तर, उक्त खेलमा खराब अम्पायरिङ भएको प्रस्टै देख्न सकिन्छ । अम्पायरिङ खराब भएकै कारण नेपालले हारेको भन्दै नेपाली क्रिकेटप्रेमीहरुले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।

नेपालविरुद्ध शतकीय इनिङ्स खेलेका भारतीय ब्याट्सम्यान यशश्वी जैसवाल १०औं ओभरमा ७२ रन बनाउँदै गर्दा दिपेन्द्र सिंह ऐरीको बलमा एलबिडब्लु अपिल भएको थियो । तर अम्पायरले जैसवाललाई आउट दिएनन् । रिप्लेमा हेर्दा उनी आउट भएको देखिएको थियो । चर्चित भारतीय कमेन्टटेटर आकाश चोपडाले पनि कमेन्ट्रीको क्रममा भार सिस्टम भएको भए उनी आउट हुने बताएका थिए ।

अर्कोतर्फ यसै खेलमा नेपालका ब्याट्सम्यान कुशल भुर्तेल पनि गलत निर्णयको शिकार भएको प्रस्ट देख्न सकिन्छ । २८ रन बनाएर खेलिरहेका कुशल भारतीय बलर साइ किशोरको बलमा आभेस खानको हातबाट क्याच आउट भएका थिए ।

उनलाई अम्पाएरले आउट दिए । तर आभेसले लिएको क्याचबारे अम्पाएरले सहि निर्णय नलिएको देखिएको छ । उनले बल समात्दा बलले ग्राउण्डमा छोएको देखिएको छ । एशियन गेम्समा रिभ्यू सिस्टम नहुँदा नेपालले गलत अम्पाएरिङको शिकार बन्नुपरेको अहिले चर्चा चलिरहेको छ ।