२८ कार्तिक २०८१, बुधबार
,
Latest
‘गाउँ छोड्दै युवा, बाझिँदै जमिन’ गाडी दुर्घटना गरेर प्रकाश भुजेल फरार चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा ज्वालामुखी विस्फोटपछि बालीतर्फ जाने उडान रद्द निर्मला पन्त प्रकरण: प्रत्यक्षदर्शी भएको दाबी गर्ने व्यक्ति पक्राउ बक्यौता नतिरे १५ दिनपछि फेरि उद्योगको लाइन काट्छौँ: कुलमान घिसिङ निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्ति पक्राउ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरिनेछः प्रधानमन्त्री आत्मसमीक्षासहित जनताको घरमा जान कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन प्रधानमन्त्री ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन सरकार चरम अनुत्तरदायि र गैर जिम्मेवार भयो: ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायि र गैर जिम्मेवार भएको बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार स्वेच्छाचारी, विकास बिरोधी रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले विकासका कामलाई ठप्प पारिएको बताउनु भयो । उहाँले काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धन कस्ता देखिएका छन् ततपाईहरु हामी सबैलाई थाहा छ । भन्न मिल्नु, नमिल्नु, सक्नु, नसक्नु, बेग्लै कुरा हो । यी सरकारहरु चरम अनुत्तरदायि, गैर जिम्मेवार छ । स्वेच्छाचारी देखिएका छन्, विकास बिरोधी देखिएका छन् । विकासका कामलाई ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरु रोकिएका छन् । काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी दिइएको छैन । भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको छ । उनीहरुले ऋण तिर्न सकेका छैनन् । दिनुपर्नेलाई आफूले सामान लिएकाहरुलाई, लगाएका कामहरुमा भुक्तानी दिन सकिएको छैन ।’

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको बताउनु भयो ।