२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी: अर्थमन्त्री महत



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताउनुभएको छ ।

सोमवार ललितिपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौति र जरुरी रहेको बताउनु भयो ।

उहाँले अहिले शेयर मार्केट तल झर्नुमा रेगुलेशन र माइक्रो म्यानेजकमेण्टका केही समस्याहरु रहेको बताउनु भयो । उहाँले बिस्तारै शेयर बजार बढ्दै जाने दाबी गर्नुभयो । उहाँले शेयर बजारमा रहेको समस्या समाधानका लागि चाँडै नै समाधानका उपाय खोज्ने बताउनु भयो । उहाँले साना वचत कर्ताहरुको लगानी सुरक्षित गरेर जानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यद्यपी अहिले शेयर मार्केट तल झरेको छ । त्यसको अलिकति विविध कारण छन् । रेगुलेशनका केही माइक्रो म्यानेजकमेण्टका कुराहरुले पनि समस्याहरु आएको छ । यसको बिस्तारै समाधान हुँदै जान्छ । र समाधान हुनुपर्छ । त्यसमा केही निर्णयहरु चाँडै आउलान् भन्ने पनि मैले विश्वास लिएको छु । तथापि जे भएपनि यो शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ ।’

‘त्यसको बेनिफिट आम लगानी कर्ता जो सानासाना वचत कर्ताहरु छन्, र यो मार्फतबाट केही हुन्छ की ? भनेर लगानी गर्न अग्रसर हुन्छन् । उहाँहरुको लगानी सुरक्षित गर्न जरुरी छ । सबैभन्दा चिन्ताको विषय त्यो हो । यसमा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरु आउने, सूचना लिक हुने, जुन प्रवृत्तिहरु पनि देखिएको छ । यसलाई निर्णायक हिसावले दायरामा ल्याउनुपर्छ । आम लगानी कर्तालाई मध्यनजर राखेर गर्नुपर्छ ।’

मन्त्री महतले लगानी सुरक्षित गर्ने कुरामा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरु आउने र सूचना लिक हुने प्रवृत्तिहरु देखिएको भन्दै यसलाई निर्णायक हिसावले दायरामा ल्याउनुपर्ने बताउनु भयो ।