२७ मंसिर २०८२, शनिबार
,
Latest
सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी: अर्थमन्त्री महत



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताउनुभएको छ ।

सोमवार ललितिपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौति र जरुरी रहेको बताउनु भयो ।

उहाँले अहिले शेयर मार्केट तल झर्नुमा रेगुलेशन र माइक्रो म्यानेजकमेण्टका केही समस्याहरु रहेको बताउनु भयो । उहाँले बिस्तारै शेयर बजार बढ्दै जाने दाबी गर्नुभयो । उहाँले शेयर बजारमा रहेको समस्या समाधानका लागि चाँडै नै समाधानका उपाय खोज्ने बताउनु भयो । उहाँले साना वचत कर्ताहरुको लगानी सुरक्षित गरेर जानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यद्यपी अहिले शेयर मार्केट तल झरेको छ । त्यसको अलिकति विविध कारण छन् । रेगुलेशनका केही माइक्रो म्यानेजकमेण्टका कुराहरुले पनि समस्याहरु आएको छ । यसको बिस्तारै समाधान हुँदै जान्छ । र समाधान हुनुपर्छ । त्यसमा केही निर्णयहरु चाँडै आउलान् भन्ने पनि मैले विश्वास लिएको छु । तथापि जे भएपनि यो शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ ।’

‘त्यसको बेनिफिट आम लगानी कर्ता जो सानासाना वचत कर्ताहरु छन्, र यो मार्फतबाट केही हुन्छ की ? भनेर लगानी गर्न अग्रसर हुन्छन् । उहाँहरुको लगानी सुरक्षित गर्न जरुरी छ । सबैभन्दा चिन्ताको विषय त्यो हो । यसमा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरु आउने, सूचना लिक हुने, जुन प्रवृत्तिहरु पनि देखिएको छ । यसलाई निर्णायक हिसावले दायरामा ल्याउनुपर्छ । आम लगानी कर्तालाई मध्यनजर राखेर गर्नुपर्छ ।’

मन्त्री महतले लगानी सुरक्षित गर्ने कुरामा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरु आउने र सूचना लिक हुने प्रवृत्तिहरु देखिएको भन्दै यसलाई निर्णायक हिसावले दायरामा ल्याउनुपर्ने बताउनु भयो ।