२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाद्वारा प्रतिनिधि सभा बैठक केहीबेर अवरुद्ध



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ ।

आईतवार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरुले उठेर अवरुद्ध पारेका हुन । बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसदहरुलाई आग्रह गरिरहनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन भएकाले बैठक अवरुद्ध नपार्न उहाँको आग्रह छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नमानेपछि सो पार्टीका सभापति रवि लामिछानेलाई बोल्ने समय दिनुभएको छ । उहाँले चीन भ्रमणबाट मुड फ्रेस गरेर आउनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको मुड अफ हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाउनु भयो ।