२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूल्यवृद्धि स्वचालित प्रणाली हो, यसमा सरकारको भूमिका छैन– प्रधानमन्त्रीको सचिवालय



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीको सचिवालयले पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढ्नुमा सरकारको भूमिका नरहेको स्पष्ट गरेको छ । प्रधानमन्त्रीकी प्रमुख स्वकीय सचिव गंगा दाहालले मूल्यवृद्धिको चर्को विरोधका बारेमा यसमा सरकारको हात नरहेको स्पष्ट गर्नुभएको हो ।

दाहालले प्रधानमन्त्रीको सचिवालयका तर्फबाट जवाफ दिँदै अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत मूल्य निर्धारण हुने र यसमा सरकारको भूमिका नहुने बताउनुभयो ।

उहाँले भन्नुभएको छ, “नेपालमा पनि गएको असार ३१ गतेबाट पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत निर्धारण हुने गरेको छ, यसमा सरकारको भूमिका नहुने र अन्तर्राष्ट्रिय बजारमा स्वचालितरुपमा मूल्य बढ्दा मूल्य वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गर्दछ । आशा गरौँ चाडपर्वको मुखमा मूल्य वृद्धिका कारण जनताको असुविधाप्रति पक्कै सरकारले केही राहत दिने छ ।”